हुलाकी सडकले फेरिँदै जनजीवन
नेपालगञ्ज–बघौडा ४४ किलोमिटर र फत्तेपुर–नारायणपुर २१ किलोमिटर हुलाकी सडकले स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ। बिनौना र बैजापुर चोक अहिले बजारको रुपमा विकसित हुँदै गएका छन्। पहिला फाट्टफुट्ट झुप्रोमा पसल हुने बिनौनामा अहिले ठूला पसल, होटल र मेडिकल खुलेपछि स्थानीय खुसी छन्।
बिएल संवाददाता - बाँके