मङ्गलबार, १६ डिसेम्बर २०२५

यूएईबाट काठमाडौँ आएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला

File Photo
• • •

संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाह विमानस्थलबाट काठमाडौँ आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको छ।

बुधबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएकाे छ।

प्राधिकरणका अनुसार उक्त घटनापछि प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएर मृत शिशुसँगै काठमाडौं मेडिकल कलेज सिनामंगलमा पठाइएको छ। यसबारे अनुसन्धान भइरहेको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!