बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गुणस्तरीय पर्यटक भित्र्याउने गरी कार्ययोजना तयार गर्न आवश्यक रहेको बताएका छन्।
ठमेल पर्यटन विकास परिषद्को आयोजना नयाँ वर्ष २०२४ को स्वागतार्थ आज साँझ ठमेलमा आयोजित ‘सडक महोत्सव’को उद्घाटन गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउने र बढी खर्च गर्ने पर्यटक भित्र्याउने गरी कार्ययोजना बनाउनुपर्ने बताएका हुन्।
‘पर्यटकको बसाइ लम्ब्याउन र खर्च बढाउन जरुरी छ, पर्यटक प्रवद्धन गर्ने गरी कार्ययोजना बनाउनुपर्छ,’ उनले भने। महामन्त्री थापाले थला परेको नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समय केही आशा जागेको उल्लेख गरे।
सांसद शिशिर खनालले कोरोनापछि सुस्ताएको नेपालको पर्यटन क्षेत्रले पछिल्लो समय आशा जगाएको बताउँदै यसलाई निरन्तरता दिनेगरी कार्ययोजना बनाउन आवश्यक रहेको उल्लेख गरे।
सांसद गोकर्ण विष्टले भारत र चीनका पर्यटकलाई भित्र्याउने सकेमात्र पनि नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने बताए। सांसद माधव सापकोटाले पर्यटन क्षेत्रको समग्र विकासका लागि दलहरुबीच एकताबद्ध हुन आवश्यक रहेको बताए।
मुख्यसचिव बैकुण्ठ अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायतले पर्यटन क्षेत्रको विकास र हवाई क्षेत्रको विकासका लागि सरकारले आगामी दिनमा कार्ययोजना बनाएर अगाडि बढ्ने उल्लेख गरे।
परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको पर्यटन विकासका लागि परिषद्ले लामो समयदेखि काम गर्दै आएको उल्लेख गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया