स्वचालित प्रणालीमा बढुवा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउनुस् : गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली (अटोमेसन)मा हुने गरी कानूनी व्यवस्थाको प्रस्ताव ल्याउने निर्देशन दिएका छन्। गृह मन्त्रालयमा बिहीबार सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली-२०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्। दुवै प्रहरी सङ्गठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने उनको भनाइ थियो।
बिएल संवाददाता - काठमाडाैँ