मङ्गलबार, ०४ नोभेम्बर २०२५

एमालेका स्थानीय नेता कोहारको सडक दुर्घटनामा मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा उनको मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

भ्रमण भिसा विदेश जान लागेका १ हजार ५ सयमध्ये २ सय ४६ जनाको कागजात नक्कली

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ। यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ: सञ्चारमन्त्री शर्मा

‘विकास र समृद्धिमा लाग्नुपर्नेमा हामी अहिले पनि राजनीतिक मुद्दामै केन्द्रित भइरहेका छौँ। राजनीतिक दल, जनवर्गीय सङ्गठन लगायतले यो कुरा बुझ्न जरुरी छ। अहिले राजनीतिक परिवर्तनको मुद्दामा छैनौँ’, उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्जेन्टिनामा आँधीले क्लबको छाना खस्दा १३ जनाको मृत्यु

मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत खसेको थियो। ‘दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ’, नगरपालिकाले विज्ञप्तिमा भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मिसन-८४’ भन्दा ‘भिजन-९५’ मा लागाैँ: महामन्त्री शर्मा

‘नेपालमा भूकम्पपछि घर पुनःनिर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना चाहियो, तत्कालै सम्भव नहोला तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्नेगरी योजना बनाऔँ’, शर्माले भने।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, १८ यात्रु घाइते

घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षे असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका २१ वर्षे सबिता सुनार, १९ वर्षे सबिना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षे प्रदीप गोदार छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

नारायणगढ–मुग्लिन सडक  दैनिक चार घण्टा बन्द हुने

शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउँछ:  राष्ट्रपति 

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको स्मरण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘श्रीलङ्का टापु’मा शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित

सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो। आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकार जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

दाङमा मृतकका अफन्तले गरे सडक अवरुद्ध

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका दुई युवकका आफन्तले सडक अवरुद्ध गरेका छन्। न्याय नपाएको भन्दै घोराहीमा आज(आइतबार) बिहानै टायर बालेर सडक अवरुद्ध गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ 

गतिलो नेटवर्कका लागि टावरसम्मै विद्युत बिस्तार

जुम्लाको तातोपानी गाउँपालिका -४ को हाँकुको लाग्नामा रहेको एनटीसी मोवाइल टावरमा बत्ति नहुँदा घाम नलागेको बेला फोन गर्न नपाइने समस्या थियो। टावरसम्मबै बिजुली पुगेपछि उक्त समस्या हल भएको छ।  

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता

‘दोहा २१औँ सम्मेलन’मा भाग लिएर परराष्ट्रमन्त्री एनपी साउद आज स्वदेश फर्किएका छन्। गत शनिबार बिहान उनी त्यसतर्फ प्रस्थान गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

२५ किलो चरेससहित २ जना पक्राउ

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ। पच्चीस किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन्।    

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन्।शनिबार आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले सो कुरा बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - रामपुर (पाल्पा)

ठगी आरोपितलाई युएईबाट पक्राउ गरेर नेपाल ल्याइयो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा ठगी गरेको आरोपमा युएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अनशन बसिरहेका गाेबिन्द केसीविरुद्ध धनगढीमा नाराबाजी

डा.केसीविरुद्ध शनिबार धनगढीमा चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले नाराबाजी गरेकाे हुन्।केसीले गेटा मेडिकल कलेज बनाउने प्रदेशबासीकाे सपनाविपरीत अशनका बसेकाेले विराेध गरिएकाे समितिले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

अमेरिकाबाट ल्याइएको ५५ किलो गाँजा विमानस्थलबाट बरामद

अमेरिकाबाट ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ। कार्टुनमा प्याक गरेर ल्याइएको गाँजा शुक्रबार राति बरामद भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुलियो उखुको तीतो व्यथा: मूल्य निर्धारण नहुँदा अन्योलमा किसान

चिनी उत्पादक उद्योग यो यामको उखु क्रसिङ गर्न तयार छन्। किसानको उखु पनि तयार भए पनि मङ्सिर सकिनै लाग्दासम्म सरकारले मूल्य निर्धारण नगरिदिँदा कसरी उखु उद्योगलाई बुझाउनु भन्ने अन्यौल भएको किसानको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी