बिहिबार, १४ अगस्ट २०२५

सुशासन कायम गर्न कुनै पनि सम्झौता गर्दिनँ: प्रधानमन्त्री प्रचण्ड

प्रतिनिधिसभा सांसदहरुले उठाएका प्रश्नहरूको मंगलबारकाे बैठकमा जवाफ दिँदै उनले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताएका हुन्। विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया अघि बढिरहेको अवगत गराउँदै उनले दोषी नछुटुन् र निर्दाेष नपरून् भन्ने धेयसाथ सरकारले काम गरिरहेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्मा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर (लाइभ)

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पैंयुँमा बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने

पैंयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

सरकार र आन्दोलनरत सहकारी पीडितबीच वार्ता हुँदै

वार्ताको लागि सोमबार सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४० करोड राजस्व छलीकाे आरोपमा व्यवसायीहरूविरुद्ध मुद्दा, ७९ करोड मागदाबी

विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कथाकार प्रधानको निधन

कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ। उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक: आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

संसद सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा  र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निसीखोला बस दुर्घटना: मृत्यु हुनेकाे संख्या ९ पुग्याे, २८ घाइते

पूर्वी(रुकुम)बाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ख३८७९ नम्बरको बस मंगलबार बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

केही पहाडी भू-भागका एक दुई स्थानमा वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागलुङ बस दुर्घटनाप्रति राष्ट्रियसभा सदस्य राेकायद्वारा दु:ख व्यक्त

बाग्लुङमा आज भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेस कर्णालीका महामन्त्री एवम् राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले गहिरो दुःख व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाग्लुङ

हुकाममा नि:शुल्क महिला प्रजनन स्वास्थ्य शिविर: पहिलो दिनमै लिए ‍१०६ जनाले सेवा

पुथा उत्तरगंगा गाउँपालिका वडा नं ५ हुकाममा दुइ दिने महिला स्वास्थ्य शिविरको उद्घघाटन गरिएको छ। पुथा उत्तरगंगा गाउँपालिका ५ नंम्वर वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता टिकासाई घर्तीको अध्यक्षतामा कार्यक्रम उद्धाटन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लाको हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्लेलगायत व्यक्तिविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेपालीको ‘घर’ बन्दैछ पोर्चुगल 

नेपालका ३६ वर्षीय मेश खत्री साओ टियोटोनियोको हरितगृहमा रास्पबेरी र स्ट्रबेरी संकलन गर्छन्। उनकी २८ वर्षीया श्रीमती रितु खत्री सहरमा क्याफे चलाउँछिन्। उनको सात वर्षको छोरा पोर्चुगिज र अङ्ग्रेजी बाेल्न सक्छन् तर नेपाली जान्दैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विदेशी बन्दीगृह र अस्पतालमा उपचाररत श्रमिकको तथ्यांक उपलब्ध गराउन श्रम मन्त्रीको निर्देशन 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन्। गन्तब्य मुलुकमा रोकिएका श्रमिकको शवको तथ्यांक उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

निसीखोला बस दुर्घटना: सात जनाको मृत्यु, २० घाइते

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ, २० जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा टक्सार महाशाखा प्रमुख आचार्य बर्खास्त

केन्द्रीय बैंककै महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो। राष्ट्र बैंक मानव संशाधन विभागले आचार्यलाई बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन प्रकरणमा पक्राउ परेका महरालाई ४ दिन हिरातमा राख्न अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरातमा राख्न अनुमति दिइएकाे छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजालसले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं