प्रधानमन्त्रीले भनेको जस्तो देशमा निराशाको अवस्था छैन: पूर्वअर्थमन्त्री पुन
उनले भने, ‘प्रधानमन्त्रीजीले ऋणको अवस्था, नेपालको अर्थतन्त्रको बारे र जनताहरुमा निराशाको बारे बताउनुभयो। पछिल्लो दुई/तीन वर्षमा काँग्रेस माओवादी, एमालेकोबीचमा गठबन्धन बन्यो। त्यसबीचका कुराहरुलाई उहाँले निराशाको रुपमा व्यक्त गर्नुभएको छ। त्यसलाई मैले तथ्याङ्कबाट हेर्दा प्रधानमन्त्रीले भनेको जस्तो निराशा छैन। बीचमा केही परिघट्नाले आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको छ।’
बिएल संवाददाता - काठमाडौं