जीवनसँग सम्बन्धित विषय भएकाले दानको महत्व धेरै छः प्रधामन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले दान जीवनसँग सम्बन्धित विषय भएको हुनाले यसको धेरै महत्व भएको बताएका छन्। बुधबार डा.अजयक्रान्ति शाक्यको नयाँ कृति ‘बुद्धका मौलिक दर्शन’को लोकार्पण एवं भिक्षु एवं गुरुमाहरुलाई प्रदान गरिने संघदान कार्यक्रममा उनले आफूलाई किड्नीको आवश्यकता भएको समयमा किड्नी दान दिएको कुरालाई जोड्दै दानको असाधारण महत्व भएको बताए।
बिएल संवाददाता - काठमाडाैँ