बिएल संवाददाता
नेपाल वायुसेवा निगमका दुईवटा वाइटबडी जहाज खरिदमा भ्रष्टाचार भएकाे ठहर गर्दै विशेष अदालतले चार जनालाई दाेषी ठहर गरेकाे छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइडबडी भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको हो।
अदालतले निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार, शंकरप्रसाद अधिकारी, शिशिरकुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हाे।
उनीहरुले १ अर्ब ४७ कराेड भ्रष्टाचार गरेकाे उल्लेख गरिएकाे छ। उक्त रकम दामासाहीले बिगो असुल्नुपर्ने फैसलामा उल्लेख गरिएको छ।
अदालतले दाेषी ठहर भएका कंसाकारलाई २ वर्ष ६ महिना, अधिकारीलाई १ वर्ष ९ महिना, ढुङ्गाना र लामिछानेलाई १ वर्ष ६ महिना कैद सजाय सुनाएकाे छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया