बुधबार, २० अगस्ट २०२५

मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै

आज ज्येष्ठ कृष्णपक्षको आमावस्या। मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन्। वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन्। त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आजको मोसमः यी स्थानमा हावाहुरीसहित वर्षको सम्भावना

नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो। घामपानी र हावाहुरी नछेक्ने टहरो। हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका। निसीखोला गाउँपालिका(६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीहरु यस्तै जीर्ण भवनमा पढ्न बाध्य छन्। विंसं २०६४ मा स्थापना भएको विद्यालयको हालसम्म भरपर्दो भवन बनेको छैन। ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ। तीनवटा विद्यालय भवनमध्ये दुई वटा भवन कच्ची छन्। हावाहुरी र पानी पर्दा कक्षाकोठामा बस्नै मिल्दैन। यो विद्यालय जिल्लाको सबैभन्दा विकटमा पर्छ । बर्खा लागेपछि घुम्ती बसाइमार्फत २५ जना विद्यार्थी थपिन्छन्। पढाउनेक्रममै छानोको फलेक कुहिएर झर्ने गरेको र बर्खामा पानी चुहिने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक रुद्र विकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

साँघुराे ‘फुटपाथ’मा फटफटाइरहेकाे सिंहदरबार

केन्द्रीय सत्ताले अहिलेसम्म स्थानीय अनि संघीयताका कुनै पनि संरचनाहरूलाई आफ्नै ‘शाखा’हरू ठान्छ। संघीय संरचनामा भएको पहिलो चुनावबाट प्रधानमन्त्री भएका केपी शर्मा ओलीले २०७६ मा त्यसै भनेका होइनन् ‘प्रदेश वा स्थानीय तह भनेका छुट्टै केही होइनन् ती संघीय सरकारकै इकाइ हुन्…।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

लामा दाई काठमाडौँबाट ५७दिनमा सगरमाथा चुम्न सफल

काभ्रेका राजेश लामा ५७ दिनमा काठमाडौँबाट हिडेर सगरमाथाको चुचुरो चुम्न सफल भएका छन्। लामाले गत चैत १९ (अप्रिल १, २०२४) मा सगरमाथाका लागि पदयात्र सुरु गरेका थिए। त्यसको ५७औँ दिनमा उनी सथरमाथाको चुचुरो पुगे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौँका आकाशे पुल पनि सजिला र सुरक्षित छैनन्

टिनका पाता बिछ्याइएका धेरैजसो आकाशे पुलहरूमा न बालबालिकामैत्री छन्, न कुनै अपाङ्गतामैत्री। ह्वील चेयर प्रयोगकर्ताहरूका लागि त आकाशे पुलको प्रयोग कल्पनाभन्दा धेरै परको कुरा हो। दृष्टिविहीन वा अरु अपाङ्गता भएकाहरूका लागि यी पुलहरू न उपयुक्त छन्, न सुरक्षित।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्चवर्षीय रणनीति तयार

अर्थमन्त्री अध्यक्ष रहने सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले आज उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो। मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हुरीले मकै बालीमा क्षति

‘यस क्षेत्रको प्रमुख बाली मकै हो। पसाउन थालेको मकैको बोट मङ्गलबार आएको हुरीले सोत्तर पारेको छ’, उनले भने, ‘उत्पादन दिने बेला बोट नै ढलेर क्षति भएपछि कृषक चिन्तित बनेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

सहकारी प्रकरण: संसदीय छानबिन समितिको पहिलो बैठक बानेश्वरमा

सहकारीकाे बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि बनेकाे संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरू भएको छ। सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा बैठक केहीबरेअघि सुरू भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनसुनजन्य विपद्बाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी

सङ्घीय संसद्मा विपद् तथा मनसुनजन्य अवस्थाबाट सिर्जना हुने जोखिम न्यूनीकरणको तयारी एवम् प्रतिकार्यका बारेमा जानकारी दिँदै उनले जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औसत भन्दा बढी वर्षा हुने प्रक्षेपण गरेकाले पूर्व तयारीलाई विशेष ध्यान दिइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाबहिलमा एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, श्रीमती र छोरीसहित ५ जना घाइते

बुधबार चाबहिलको सरस्वती नगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले आफैँलाई आगो लगाउँदा श्रीमती र ३ छोरी घाइते भएका छन्। सिंहकाे शरीरमा लागेका आगो निभाउने क्रममा ४४ वर्षीया श्रीमती बिन्दु सिंह, छोरीहरू २४ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानी घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिकता प्राप्तिसम्बन्धी जटिलता फुकाउने कोसिस भइरहेको छ: गृहमन्त्री लामिछाने

‘नागरिकता प्राप्त गर्ने संविधानप्रदत्त अधिकारबाट नागरिकलाई वञ्चित गराउन हुँदैन, कार्यविधि बनाएर नागरिकता प्राप्तिसँग जोडिएका जटिलतालाई फुकाउने कोसिस भइरहेको छ’, उनले भने, ‘नागरिकता प्राप्तिसम्बन्धी जटिलतालाई सम्बोधन गर्ने गरी नागरिकतासम्बन्धी कानुन निर्माण गर्नु सरकारको दायित्व र जिम्मेवारी हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्वपूर्ण छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षदेखि एमबिबिएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका काम अगाडि बढाउन निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

सहकारी प्रकरण: संसदीय छानविन समितिको पहिलो बैठक आज बस्दै

समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा २ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा सहकारी पीडितले देखाए प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा

बुधबार बिहान कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखराको सभागृहमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा देखाएका हुन्। कालो झण्डा देखाउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘तराई–मधेशमा आपराधिक घटना बढ्याे, शान्ति सुरक्षाको वातावरण बनाउनुपर्याे’

‘तराई–मधेशका जनता डर र त्रासको वातावरणमा छन्। शान्ति सुरक्षाको वातावरण खस्किएको छ। लुटपाटका घटना बढिरहेको र पीडित पक्षले जाहेरी बुझाउन जाँदा प्रहरी प्रशासनले जाहेरी नलिएको गुनासो आइरहेको छ’, सांसद खानले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छोड्दै समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

डोटीमा जिप दुर्घटनाः दुईको मृत्यु, ७ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी

लोकतन्त्रका अधिनायक पंख काटिएको चुनाव

अठारौं शताब्दीको अन्तिम दशकतिर ब्रिटेन (बेलायत)को सत्ता सम्हालेका तत्कालीन प्रधानमन्त्री बेन्जामिन डिजरायलीले भन्ने गर्थे ‘बलियो विपक्षीबिना कुनै पनि सरकार लामो समयसम्म चल्न सक्दैन…।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं