बुधबार, २० अगस्ट २०२५

वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न राष्ट्रपति पौडेलको आह्वान

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मिथिलाञ्चलमा बिहीबार वटसावित्री पर्व मनाइँदै

धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ। ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउँछन्। वटसावित्री पर्वमा पतिको दीघार्युको कामना वर र पीपलको पूजा गरिन्छ। पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नाका साथै पीपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

चन्दा सङ्कलन गरेर विद्यालय भवन निर्माण

सपना विष्ट कक्षा ७ मा अध्ययनरत छिन्। कक्षामा पढिरहेका बेला गत असोज १६ गते अपराह्न २ बजेको भूकम्पले भागाभाग भएको थियो। थलारा गाउँपालिका–९ मा रहेको भवानी आधारभूत विद्यालयका सपनासहितका विद्यार्थी कापीकलम छाडेर भागेका थिए। ‘भुँयचालोले भवानी आधारभूत विद्यालयको भवन भग्नावशेषमा परिणत भएपछि विद्यार्थीहरू चौरमा बसेर पढ्न थाल्नुभयो। ‘चौरमा बस्दा पनि भूकम्प हुने र ढुङ्गाहरू खस्ने डर भइरह्यो’, विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर विष्टले भने, ‘विद्यालय बन्द गर्ने कुरा भएन। चौरमा पढाउन पनि डर भयो। भिरालो ठाउँमा जोखिम मोलेर गुजार्यौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - थलारा

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती

जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो। घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो। यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

मोदीलाई प्रधानमन्त्री बन्न नितिश र नायडुको भर

तेस्रो पटक पनि प्रधानमन्त्रीका बन्ने ‘प्रोजेक्सन’ गर्दै मैदानमा उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अब गठबन्धनका अरू दलको पनि सहारा लिनुपर्नेछ। यद्यपि बिजेपीले भने मोदी नै प्रधानमन्त्री बन्ने घोषणा गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुुल

म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ। जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन्। एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर पुनले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन्। जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ। एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘प्राकृतिक स्रोतको अत्यधिक दोहन नगरौँ’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन, अविवेकी उपभोग र अव्यवस्थित विकास निर्माणका गतिविधि गर्न नहुनेमा जोड दिएकी छन्। विश्व वातावरण दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले प्राकृतिक स्रोतका अत्यधिक दोहन र अविवेकी उपयोगले वातावरणमा असामान्य असन्तुलन उत्पन्न भई वायु प्रदूषण, जैविक विविधताको नास, जलवायु परिवर्तनजस्ता सङ्कट भोग्न बाध्य हुनुपरेको वास्तविकता औँल्याएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

म्याग्दीको बेनी नगरपालिका-२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ। केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो। बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न थालेका हुन्। बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट रेशा निकालेर फाइबर धागो बनाउने र कम्पोष्ट मल बनाउने सीप सिकेका छन्। सोही वडाको भकुण्डेमा बेनी नगरपालिकाको ‘उपप्रमुखसँग आमा समूह कार्यक्रम’ मार्फत केराको थामबाट रेशा निकालेर धागो र सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

राजनीतिमा कंगना रनाैतकाे धम्केदार ‘इन्ट्री’, जितिन् लोकसभा चुनाव

लाेकसभा चुनावमा जितेपछि खुसी छिन् कंगना। सानाे सहरबाट उदाएकी उनकाे समाजका लागि प्रेरणाकाे स्राेत बनेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रौतहटमा घाँटी रेटेर भारतीय नागरिकको हत्या

राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडकखण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

हुरीले ढालेको रुखले लागेर थापाको मृत्यु

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको हुरीले ढालेको रुख बज्रँदा थापाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास कायम गर्नेछ: प्रधानमन्त्री प्रचण्ड

सुक्खायामको माग पूर्ति गर्न बुढीगण्डकी, दूधकोशी र नलसिङ्गाड जलाशययुक्त जलविद्युत आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरू गर्ने तयारी गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सङ्खुवासभा

वर्षाले राजधानीवासीलाई राहत

स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ। वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा कांग्रेसकाे प्रश्न- देशको गोप्य सूचना कहिले, कहाँ, कति मूल्यमा बेचियो?

प्रतिनिधिसभाको मंगलबारकाे बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद राजन केसीले कसले देशको गोप्य सूचना बेच्ने सांसद यही संसदमा भन्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे आरोपबारे जवाफका लागि सभामुखको ध्यानाकर्षण गराएको हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दैलेख केन्द्रविन्दु भएर भूकम्प

मंगलबार बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपेन्द्र यादवको रिट न्यायाधीशद्धय रेग्मी र श्रेष्ठको इजलासमा

रिट सुनुवाइका लागि पेशी तोकिएपनि सुनुवाइको सम्भावन भने ज्यादै न्यून छ। ३१औँ नम्बरमा पेशी परेको हुँदा सुनुवाइको सम्भावना ज्यादै न्यून बनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेटले सार्क हस्तकला विकास केन्द्र स्थापनालाई सम्बोधन गर्न सकेन: हस्तकला महासङ्घ

नेपाल हस्तकला महासङ्घले बजेटले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) हस्तकला विकास केन्द्रको स्थापना र सञ्चालनको बारेमा सम्बोधन गर्न नसकेको बताएको छ। महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सोमबार विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०८१÷८२ को बजेटले महासङ्घ र सार्क विकास कोषद्वारा स्थापना गरिने सार्क हस्तकला विकास केन्द्र नेपालको स्थापना तथा सञ्चालनको सम्बन्धमा सम्बोधन गर्न नसकेको बताएको हो। ‘मुलुकको कला, संस्कृति र सम्पदा क्षेत्रको संरक्षण गर्दै लाखौँ युवालाई रोजगार प्रदान गरी वार्षिक १२ अर्बभन्दा बढी वैदेशिक मुद्रा आर्जन गर्ने हस्तकला क्षेत्रलाई बजेटले सम्बोधन गर्न सकेन‘’, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

वैदेशिक रोजगारीमा ज्यान गुमाएका दीपकको परिवारलाई आर्थिक सहयोग

वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई रु सात लाख ५० हजार सहयोग उपलब्ध गराइएको छ। उनको विसं २०८० चैत ७ गते दुबईमा सडक दुर्घटनामा निधन भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

भारवाङमा मोटरेबल पुल निर्माण

पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी-दरवाङ-बिम-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि छ मिटर चौडाइ र ४० मिटर लामो सिङ्गल स्पाम प्रि स्ट्रेस प्रविधिको मोटरेबल पुल निर्माण गरेको हो। पुल निर्माणसँगै धवलागिरि गाउँपालिका–५ मल्कबाङ र ६ मराङका स्थानीयलाई गाउँपालिका केन्द्र मुना जान आउन सहज भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी