बिएल संवाददाता
रोल्पामा भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले जम्मा ७० मत मात्र पाएको छ। गत निर्वाचनमा २ सय मत कटाएको माओवादीले यसपटक १ सय मत पनि ल्याउन नसकेको हो।
रुन्टीगढी- ४ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेसका भूपमणि पुन पुन: विजयी हुँदा एमाले मुख्यप्रतिस्पर्धी भएको छ।
काँग्रेसले ६ सय ४३ मत प्राप्त गर्दा नेकपा (एमाले)का बेगम पुनले ५ सय ३५ मत प्राप्त गरे। नेकपा (माओवादी केन्द्र)का नरेशजंग सिंहले ७० मतका साथ लज्जास्पद हार व्यहोर्नुपरेको छ।
केही दिनअघि माओवादी नेता वर्षमान पुन, जोखबहादुर महरालगायतले चुनावी सभालाई सम्बोधन गर्दै रोल्पामा माओवादी विजयी हुने दाबी गरेका थिए। तर, अघिल्लो निर्वाचनको मतसमेत जोगाउन सकेन।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया