बिहिबार, १३ नोभेम्बर २०२५

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी

गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सौर्य एयरलाइन्सको विमान दुर्घटना: १७ जनाको शव आफन्तले बुझे

नेपाल प्रहरीकाअनुसार दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शैक्षिक क्यालेण्डर लागू नहुुनुको प्रमुख कारण दलीय प्रभाव हो: शिक्षामन्त्री

नेपालमा उच्च शिक्षाको अवस्था, अवसर र चुनौती विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयहरुलाई राजनीतिक प्रभावबाट मुक्त गर्न विश्वविद्यालयलाई नीतिसँग जोड्न आवश्यक रहेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजासम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुनपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ। शनिबार काठमाडौंको भद्रकालीमा नेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले विरोध प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो। सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन्। जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ। गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए। भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ। उनले भने, “डेङ्गुको सङ्क्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ।” सङ्क्रमण बढेसँगै सङ्क्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए। उक्त परिमाणको यार्सागुम्बा निकासीबाट रु १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन भएको उनले बताए। यार्सा निकासीका लागि प्रतिकिलो रु ५१ हजार दस्तुर लिने गरिएको छ। निकासी गरिएको दस्तुर रु ५१ हजारमध्येबाट रु १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा रु १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ। भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माछा मार्ने क्रममा पानीमा डुबेर एक पुरुषको मृत्यु

झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

भेडेटारमा स्काइ टावर

भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ। बन्डर्स अम्युजमेन्ट पार्क्स एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ल्याइएको हो।  टावरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनकुटा

सर्लाहीका दुईजना नक्कली नोटसहित पक्राउ

रौतहटमा नेपाली हजारको नक्कली नोटसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

आइतबार उपत्यकाका पालिकामा शोक बिदा

आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा शोक बिदा दिने निर्णय गरिएको छ।  बुधबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ।  नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए। विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विमान दुर्घटनामा मृत्यु भएका पाँच जनाको शव जिम्मा

त्रिवि शिक्षण अस्पतालले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तहरुलाई जिम्मा लगाएको छ।  शुक्रबार अस्पतालले, आफन्तहरुको असन्तुष्टिकै बीच शव जिम्मा लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

योजना आयोगका उपाध्यक्षसहित सदस्यहरूले लिए शपथ

बिहीबार बसेको मन्त्रिपरिषद्ले सदस्यहरुमा आरती मिसार (महोत्तरी), रमेश प्रसाद सिंह (धनुषा), प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल अधिकारी (झापा), डा. जय बहादुर टन्डन (अर्घाखाँची) र गंगादत्त अवस्थी (दार्चुला) लाई नियुक्त गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको ब्रिफिङ- भ्रष्टाचारविरुद्ध पहलकदमी लिँदा लिँदै सरकारबाट बाहिरिनु पर्‍याे

अध्यक्ष दाहाले उनले सरकारमा रहँद जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा निकै राम्रो पहलकदमी लिँदालिँदै सरकारबाट बाहिरिनु परेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सौर्य एयरलायन्सले भन्याे- जहाज दुर्घटना अकल्पनीय, मृतकलाई परिवारलाई सक्दो सहयोग गर्छाैँ

सौर्यका अध्यक्ष दिपक कमार पोखरेलद्वारा जारी विज्ञप्तिमा सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उनीहरुले निष्ठापूर्वक पुर्याएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानले भने- डेडिकेटेड र ट्रंक लाइनकाे बक्यौता रकम असुली गर्छाैँ

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नभएको बिल जेनेरेट गर्यो भन्ने गलत आरोप लागेको भन्दै रेकर्डेट इनर्जीमा थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी सरकारबाट बाहिरियाे माओवादी, समर्थन भने फिर्ता नलिने

नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएकाे छ। शुक्रबार माओवादीका चार मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएकाे हाे। उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं