बिहिबार, १३ नोभेम्बर २०२५

१८ घण्टा खटिएको छु, परिणाम आउनेगरी काम गर्छु: मन्त्री पाण्डे

उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा  पर्यटनको विकास हुन दाबी गरे। आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कक्षा १२को नतिजा आज सार्वजनिक गर्ने तयारी

बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ। १० बजे बस्ने बोर्ड बैठकले ‘आजै नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किशाेर श्रेष्ठले ‘आमा-चाकरी’ गाली गर्न नछाडेपछि मैले उचित प्रतिक्रिया दिएकाे थिएँ- कपिल सी

हिरासतबाट रिहा भएलगत्तै कपिलले प्रेस विज्ञप्ति जारी गर्दै किशाेरले सञ्चार माध्यमबाट अपवाह फैलाएर र काठमाडाैँ प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरियालाई प्रभावमा पारेर आफूलाई थुनेकाे आराेप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाँच प्रदेशमा बिहानैदेखि झरी, दिउँसाे भारी वर्षाकाे सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढी पहिरोमा परी आजसम्म १४८ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपदमा परी आजसम्म एक सय ४८ जनाको मृत्यु भएको छ।  केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी पहिरोलगायतका विपदमा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ४८ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालगञ्जबाट ३२ दिनमा खार्पु पुगे मालबाहक ट्रक

निरन्तरको वर्षापछि अवरुद्ध भएको कर्णाली करिडोरको हुम्ला सडकखण्ड सञ्चालनमा आएको छ। सडक सञ्चालनमा आएसँगै नेपालगञ्जबाट छुटेका मालबाहक ट्रक ३२ दिनपछि खार्पु पुगेका छन्।  विभिन्न स्थानमा अवरुद्ध भएका सडक चालक र सहचालक मिलेर मर्मत गरेको जनाइएको छ। चालक खुसीराम थारुले अवरुद्ध भएका विभिन्न सडकखण्डमा आफूहरु सबै मिलेर ढुङ्गामुढा, माटो पन्छाउँदै आएको बताए। उनले सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न मात्रै ११ दिन लागेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - हुम्ला

किर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए। विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो। तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

किर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए। विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो। तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

प्रभु बैंक राखिएको पैसा गायब, छानविन हुँदै

प्रभु बैंकले बचतकर्ताको करोडौं रकम गायव पार्ने गरेको पाइएको छ। प्रभु बैंकमा रकम बचत गर्ने बिर्तामोडका मञ्जुकुमारी नेपालको करोडबढी रकम गायब भएपछि बैंकले बचतकर्ताको रकम गायब पार्ने गरेको पाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

बाढीपहिरोमा परी हालसम्म १४८ जनाको मृत्यु

विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २५, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सौर्य एयरकाे जहाज दुर्घटनामा परेका पाइलट शाक्य डिस्चार्ज हुँदै

काठमाडौँमा भएको सौर्य एयरलाइन्सकाे विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन्। गत साउन ९ गतेदेखि उनको काठमाडौँको  सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो। उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

मोरङकाे विराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ मिलिग्रामसहित सुनसरीकाे इटहरी उपमहानगरपालिका-४ आइतबारे बस्ने २५ वर्षीय अमन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कसैकाे चाहनाले मुद्दा चल्दैन: गृहमन्त्री लेखक

‘फाइल खोल्ने भन्या के हो? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुन बमोजिम चल्छ भन्ने मेरो आग्रह छ’, उनले भने, ‘कुनै मुद्दा चलेको छ भने छट्न पनि कानुन बमोजिम छुट्छ भन्ने मेरो आधारभुत मान्यता हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी पीडितहरू फेरि आन्दोलित (तस्बिहरहरू)

सरकारले आफूहरूसँग गरेकाे सहमति कार्यान्वयन नगरेको भन्दै पीडितहरुले बिहीबार काठमाडौँमा प्रदर्शन गरेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले नेतृत्वमा त्नपार्क क्षेत्रमा प्रदर्शन भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसीमा सहमति जुटेपछि जनार्दनले भने- नेपालकाे शान्ति प्रक्रिया विश्वव्यापी स्थापित हुनेछ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक टुंगिएपछि नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसी विधेयकमा तीन दलबीच जुट्याे सहमति

संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा तीन दलबीच सहमति जुटेकाे छ।  बिहीबार बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठकमा तीन दलबीच टीआरसीमा बाँकी भएका विषयमा सहमति जुटेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविको नीति तथा कार्यक्रम रोकेकोबारे प्रधानमन्त्रीलाई सुमनाकाे प्रश्न- विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो?

विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि हो? भन्दै प्रश्न गरेकी छिन्। पूर्वमन्त्री श्रेष्ठले यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरा झनै प्रष्ट पार्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामेछापमा बाढीले बगायो धानखेत

मन्थली नगरपालिका– १ को रणजोर खोला, मन्थली– २ को कठजोर खोला लगायतमा आएको बाढीले किसानले धान लगाएको खेत बगाएर क्षति पुर्याएको छ। कठजोर खोलाले किनारका सयौँ रोपनी धान लगाएको खेत कटान र पुरेर क्षति पुर्याएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक बस्दै

संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज (बिहीबार) बस्दैछ। बैठक बिहान साढे सात बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं