‘विषयगत र क्षेत्रगत व्यक्तिहरुलाई समितिमा राखेर वैद्यखानालाई अगाडि बढाउने प्रयास गरेका छौँ’
उनले भने, ‘पहिलो चोटी सिंहदरबारको वैद्यखाना आएको हो। तर यसको लागि हामीले विकास समिति बनाइसकेका छौँ। धेरै भवनहरु छन्, पूर्वाधारहरु यस्तो रहेछन् भन्ने मलाई थाहा थिएन। हामीले गर्न खोजेका कामका लागि यहाँको पूर्वाधार पूर्ण नहोला तर न्युनतम आवश्यकताअनुसारको रहेछ। हामीले विषयगत र क्षेत्रगत व्यक्तिहरुलाई समितिमा राखेर यसलाई अगाडि बढाउने प्रयास गरेका छौँ।’
बिएल संवाददाता - काठमाडौं