बुधबार, १२ नोभेम्बर २०२५

पहिरो खस्दा अवरुद्ध भएकाे नागढुंगा सडक एकतर्फी खुल्यो

चन्द्रागिरी नगरपालिकास्थित नागढुंगा-झ्याप्ले खोला नजिकै बिहान करिब १० बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो। अहिले धादिङ र काठमाडौँतर्फका डोजरले पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली र दक्षिण कोरियाली राजदूतबीच के-के भयाे कुराकानी?

भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो। प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रान्समिसन लाइनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा छ: अर्थमन्त्री

बुधबार काठमाडौंमा इप्पानद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले ट्रान्समिसन लाइनको अभावले विद्युत आपूर्तिमा समस्या रहेको भन्दै यसको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्मला न्यायका लागि ‘तराजु’

बाँकेबाट काठमाडौँमा आएर कुर्मीको न्यायका लागि उनीहरूले १३औँ दिनदेखि कलंकीदेखि माइतीघर खाली खुट्दै पैदल यात्रा गर्ने गरेका छन्। दिभर माइतीघरमा धर्नापछि साँझ ६ बजे फेरि खाली खुट्टै कलंकी पुगेर सरकारलाई न्यायका लागि दबाब दिइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एक मिनेट पनि राख्ने होइन, त्यसलाई’

सामान्यतयाः अरु बेलाको क्याबिनेट बैठकमा मन्त्रीहरूको कुरो एकोहोरो सुन्ने तर आफ्नो प्रतिक्रिया नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईको धारणा नसकिँदै जवाफ दिनुभयो ‘एक महिना होइन,एक मिनेट पनि राखिन्न मेरो आलोचना गर्ने मान्छेलाई।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आरक्षणको विषयलाई लिएर भारत बन्दको आह्वान, धेरै राज्य प्रभावित

अनुसूचित जाति र जनजातिको लागि आरक्षणमा क्रीमी लेयरसम्बन्धी सर्वोच्च अदालतको निर्णयको विरोधमा आज भारत बन्दको घोषणा गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने

बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहमा रिक्त रहेका सबै पदमा उम्मेदवारी दिएर उपनर्वाचनमा भाग लिने निर्णय गरेकाे कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार निवारण ऐन चाँडो पारित गराैँ: गृहमन्त्री लेखक

उनले भने, ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त महत्व छ, यो गम्भीर विषय पनि हो। संवेदनशील विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाकाे निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ। बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविमा गरेपछि सुरक्षा शिक्षामन्त्रीमाथि सुमनाकाे कटाक्ष- अपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने?

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने? दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने? अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो?’, सांसद श्रेष्ठले प्रश्न गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागढुङ्गा नजिकै पहिरो, सडक अवरुद्ध

पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले वैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीमा जलसतहले पार गर्‍याे सतर्कता तह, करिडोरमा बाढीको जोखिम

बुधबार बिहानको मापनअनुसार जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेइमानी तत्वहरु घुसेका कारण सहकारीमा समस्या उत्पन्न भयाे: प्रधानमन्त्री ओली

गैरसहकारी तत्वहरु सहकारीमा घुसे। सहकारीहरु गर्दागर्दै नजानेर होइन कि गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले प्रवेश गरे। त्यसले सहकारीप्रतिको निष्ठा रहेन। सहकारीमा बेइमानी गर्ने नियतले केही मान्छेहरु प्रवेश गरे। अब सबै सहकारीहरुमा देखिएका समस्याहरु समाधान गरेर अगाडि बढ्छौँ। अगाडि बढाउनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चंखेलीमा जीप दुर्घटना, पाँच जना घाइते

कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका– २ गर्खादेखि देउली बजारतर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्लास्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

शिक्षामन्त्रीले मागिन् त्रिवि पदाधिकारीको सुरक्षा

केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता

बिजुलीको लाइन काटेपछि तनहुँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन्। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर रु दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ। उक्त कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

आमचोकको चौध सय रोपनीमा चियाखेती

पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ। चियाखेतीको प्रशस्त सम्भवना बोेकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भाेजपुर

खोलामा बगेका बालक मृत फेला

चितवनको कालिका नगरपालिका–७ स्याउली बजार हुँदै बग्ने बुङ खोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

वीरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य २७ अर्बले घटाइयो

वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य घटाइदिएको छ। भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन्। विभागले आर्थिक वर्ष २०८०–८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१–८२ मा राजस्व सङ्कलन गर्ने लक्ष्य रु २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजारले घटाइदिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा  भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ