बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफूमाथि प्रतिशोधपूर्ण मुद्दा लगाएकाे भन्दै न्याय दिन माग गरेका छन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईकाे इजलासमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न दिइएको समय उनले यस्ताे माग गरेका हुन्।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले न्यायिक प्रक्रियालाई सघाउन आफू तयार रहेकाे भन्दै बाहिरै बसेर मुद्दा लड्ने आदेश दिन आग्रह गरेकाे बताइएकाे छ।
‘सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो, न्याय पाउँ श्रीमान्’, उनले इजलासमा भनेका छन्, ‘म न्यायिक प्रक्रियालाई सघाउँछु, मलाई बाहिरै बसेर मुद्दा लड्ने आदेश होस्।’
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ। रविसहितकाे आदेश आजै गर्ने सम्भावना छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया