मङ्गलबार, १४ जुलाई २०२६

काँग्रेस र एमालेले मात्रै चाहेर संविधान संशोधन हुँदैन: गगन थापा

उनले काँग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ महानगरको सहकारी विभागबाट एक हजार ५९३ वटा उजुरी फर्स्याैट

विभागका प्रमुख नमराज ढकाल भन्छन्,‘संकटग्रस्त सहकारीको व्यवस्थापन’, ‘कारवाही र अनुसन्धानका लागि पठाइएका सहकारीका बारेमा अद्यावधिक जानकारी लिने’, ‘निष्क्रिय सहकारीको व्यवस्थापन गर्ने’, ‘लक्ष्य, कार्यक्षेत्रजस्ता आधारभूत अवस्था मिल्ने सहकारीलाई मर्ज गर्ने’ र ‘राम्रा काम गर्ने सहकारीको सफल अभ्यास प्रवर्धन गर्ने’ कामलाई विभागले प्राथमिकताका साथ सञ्चालन गर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे, मुद्दा दर्ता गर्ने तयारी

पूर्वगृमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीकाे हिरासतमा लामिछानेलाई आज जिल्ला अदालतमा उपस्थित गराइएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीकाे चीन भ्रमणपछि भारत रिसाएको हो भन्ने मलाई लाग्दैन: शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि भारत रिसाएको भन्ने आफूलाई नलागेको बताएका छन्। उनले कुन देशले भ्रमणमा बोलाउँछ वा कुन देश जाने सरकारको आफ्नो निर्णय रहनेसमेत दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

न्यूयोर्कमा विवेक पंगेनीको अन्त्येष्टि

अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाह संस्कार गरिएको छ। ब्रेन क्यान्सरको चौंथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारका क्रममा निधन भएको थियो। नेपाली समय अनुसार राति ९ः४५ बजे न्यूफिल्ड आइएनसि मा उनको दाह संस्कार गरिएको थियो। दाह संस्कार कार्यक्रममा परिवारजन, साथीभाइ, र न्यूर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थित थिए। त्यस्तै १२ः४५ मा फ्रेस पोन्ड क्रेमेटेसनमा एक श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

आजको मौसमः यी स्थानमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ।  महाशाखाका अनुसार ,कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ भने  बाँकी भू–भाग सामान्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रिय धार्मिक संघ संस्था सम्मेलन सम्पन्न

काठमाडौँमा विभिन्न धार्मिक संगठनहरूको दुई दिने राष्ट्रिय धार्मिक संघ संस्था सम्मेलन सम्पन्न भएको छ। पौष ५ र ६ गते भएको सम्मेलनले विभिन्न निर्णय पनि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भिडियो बनाउन खोलामा पसेका शिक्षिका र विद्यार्थीको मृत्यु

तेह्रथुममा भिडियो बनाउन खोलामा पसेका शिक्षिका र बिद्यार्थीको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा मेन्छेयायेम गाउँपालिका ५ स्थित गौखुरी माविकी शिक्षिका २४ वर्षीया रविना राजबंशी र बिद्यार्थी १४ वर्षीया सुस्मिता भट्टराई रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देश धेरै हिसाबले अगाडि लम्कँदैछ: प्रधानमन्त्री

नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

संविधानमा सुधार गर्दै निर्वाचन प्रणाली बदल्न आवश्यक

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले संविधानमा सुधार गरेर निर्वाचनमा कुनै एक दलको बहुमत आउने गरी निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको बताएका छन्। समावेशितालाई कायम राख्दै निर्वाचन प्रणालीमा सुधार जरुरी भएको डा.कोइरालाको भनाइ छ।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - धनगढी

महान रहस्यदर्शी गुरु ओशोका केही रोचक प्रसंग

नेपालमा ओशो अभियानका प्रणेता स्वामी आनन्द अरुण आफ्नो पुस्तक सन्तगाथामा ओशोको सम्बन्धमा भन्नुहुन्छ। सन् १९३१ मा यस पृथ्वीमा क्रान्तिको एक अग्निपुष्प खिल्यो। त्यो पुष्पको राप सारा संसारमा फैलियो र त्यो फैलनेक्रम निरन्तर तिब्र हुँदै गइरहेको छ। व्यक्तिमा शान्ति र समाजमा क्रान्तिको बिगुल फुक्ने ओशोले व्यक्तिको मौलिक स्वतन्त्रता, धर्मको पेवा बनेको पाखण्डको पूर्ण बिरोध, शोषणको पेवा बनेको धर्मलाई तर्क, बौद्धिकता, र विज्ञानको अग्नि परीक्षाबाट गुजारे। बौद्धिक, चिन्तनशील, धर्मप्रति निराश र वितृष्णाले भरिएका व्यक्तिलाई पनि धर्मको बैज्ञानिक संस्करण प्रस्तुत गर्दै धर्ममा जीवन्त आकर्षण एबम ताजगी थपिदिए। जसले गर्दा संसारभरका नव युवकहरु उनको दर्शनमा आकर्षित भए। स्वामी आनन्द अरुण ओशोलाई यस धर्तीका अनौठा र अदितीय बुद्धपुरुष भन्नुहुन्छ। यस्ता महान यो शताब्दीका बुद्धपुरुष ओशोको जन्म दिवसमा उहाँप्रति हार्दिक नमन। जय ओशो ! जय भगवान !

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज विश्व ध्यान दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाउँदै छन्। संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन्  । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गोत्री केन्द्रविन्दू भएर बाजुरामा बिहानै भूकम्पको धक्का

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू बनाएर पाँच दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

नवलपरासीमा बस र ट्रक ठोक्किँदा २२ जना घाइते

पूर्वपश्चिम राजमार्गको सुनवल नगरपालिका–७ अलकत्रे डाँडामा नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र बिपरित दीशातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

पार्टीका नेता बिपीका नाममा उम्कन खाजेकोप्रति गगन थापाको असन्तुष्टि

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालमा पहिलोपटक दुईदिने ‘राष्ट्रिय धार्मिक संघ संस्था’ सम्मेलन सुरु

धर्भ, सत्कार र सस्कृति खल्बलिएको धर्मगुरु–आचार्य किशोर कुमार बताउँछन्। उनी भन्छन्, ‘अब हामी एकजुट हुनेबेला भएको छ। धर्म निरपेक्षणले हामीलाई चोट दिएको छ। जसकारण ऊँकार परिवार एकजुट भएर गौरक्षा, धर्म रक्षा र राष्ट्र

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिरासतबाट छुटे दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। शुक्रबार सर्वोच्च अदालतकाे आदेशपछि प्रसाईं नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतबाट रिहा भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल महर्षि वैदिक फाउण्डेशनले विश्व ध्यान दिवस मनाउँदै

भविष्यमा संसारभरिका ठूला, स्थायी ध्यान समूहहरूको स्थापना गर्ने सामूहिक चेतनामा पर्याप्त सहसम्बदद्धता स्थापना गरेर विश्वमा दीर्घकालीन शान्ति ल्याउने डा. नादरको चाहना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि कारबाही सिफारिस

‘भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ। यस विषयमा थप छानविन गरी नियम विपरित कार्य गर्ने जो कसैलाई कानून बमोजिम कार्वाही प्रक्रियाका लागि सम्वन्धित निकायमा सिफारिस गरिन्छ’, महानगरले भनेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिम लम्केकाे शेखर कोइरालाकाे पाइला

डा.कोइरालाले काँग्रेसको पन्ध्रौँ महाधिवेन निर्धारित समयभित्रै हुनुपर्छ भन्ने विचार राख्दै आएका छन्। डा.कोइरालाको यस पटकको सुदूरपश्चिम बसाइले सुदूरपश्चिम काँग्रेसभित्र संस्थापन इतर पक्षको प्रभावलाई थप विस्तार गर्ने कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरुको भनाई छ।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - धनगढी