बिएल संवाददाता
संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका-७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो। यही फागुन ४ गते उनी उपचारार्थ अस्पतालमा भर्ना भएका थिए।
उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।
नेकपा एस केन्द्रीय कमिटीको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ।
पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्ज सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्ने गरी स्थगित गरिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया