बिएल संवाददाता
उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा बस सपार बाराको बारा गढी गाउँपालिका–४ का ७० वर्षीय सीताराम धामी रहेका छन्।
मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगी टोलमा प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक ठोक्किएर दुर्घटना भएको हाे।
बाराबाट जन्ती लिएर गाईघाटतर्फ आउँदै गरेको बस र गाइघाटबाट तेज पत्ता बोकेर जाँदै गरेको मिनी ट्रक ठोक्किएर दुर्घटना भएको थियो।
उक्त दुर्घटनाबाट तीन जनाकाे अवस्था भने गम्भीर रहेकाे छ।
बाराको बारा गढी गाउँपालिका–४ का १५ वर्षीय दीपक चौधरी, ४२ वर्षीय श्रीकान्त बछार र ५५ वर्षीय बलिराम चौधरी गम्भीर घाइते भएको उदयपुरका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर चन्द्रबहादुर खड्काले जानकारी दिए।
तीनै जनाको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया