लिङ्गो ठड्याएपछि सुरू भयो यस वर्षको इन्द्रजात्रा
हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा सुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो असोज ५ गतेसम्म चल्नेछ।
बिएल संवाददाता - काठमाडौं