स्याङ्जामा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते
दुर्घटनामा परेका मध्ये पर्वत कुश्मा नगरपालिका-१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घाइते हुनेहरूमा सल्यान सारदा नगरपालिका-७ बस्ने १५ वर्षीय हरि परियार, स्याङ्जा आधिँखोला गाउँपालिका-२ ओहिया बस्ने ३३ वर्षीय कमल नेपाली, चितवन राप्ती नगरपालिका-६ भण्डारा बस्ने ४१ वर्षीय प्रकाश विक र सोही ठाउँका ४१ वर्षीय सुमित्रा विक छन्।
बिएल संवाददाता - स्याङ्जा