दुर्गा प्रसाईंसँगै पक्राउ परे ‘बडिगार्ड’ पनि
प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं