मङ्गलबार, ११ नोभेम्बर २०२५

रवि पक्राउकाे विराेधमा रास्वपाले थाल्याे काठमाडौँमा आन्दोलन

पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउकाे विराेधमा पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन थालेको हो। लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा आजदेखि भने काठमाडौँकाे माइतीघरमा प्रदर्शन गरेकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए विवाद: एकताको महाधिवेशनमा जोड

संघको वार्षिक साधारणसभा तथा एनआरएनए डेको विशेष समारोह काठमाडौंस्थित सोल्टी होटलमा आयोजना गर्ने तयारी भएपछि शर्मा समूहले त्यसलाई रोक्न मागसमेत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाले आजदेखि काठमाडौंमा प्रदर्शन गर्ने

पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बंगालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभाव: कस्तो रहनेछ आजको मौसम?

देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ। साथै कोसी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन

समयमा पनि विद्युत् महसुल नतिरेको भन्दै प्रधिकरणले उद्योगीहरूको लाइन काटेको हो। यसअघि ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूको लाइन नकाट्न भनेका थिए। तर, प्राधिकरणले गएराति उद्योगीहरूको लाइन काटिदिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुँदै

सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एम्बोस्ट प्लेट नम्बर डेढ वर्षभित्र छापेर वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने

बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठमा बोल्दै मन्त्री दाहालले समय अवधिभित्र २५ लाख नम्बर प्लेट वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन् स्वास्थ्यमन्त्री पौडेलकाे सय दिने उपलब्धिहरू

जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुड्किलो शीर्षकलगायत उल्लेख छन्। साथै उनले कर्मचारी समायोजनको बखत फाजिलमा र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरुको व्यवस्थापनको कार्य प्रारम्भ भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई संरक्षण गरेको छ: प्रभु साह

सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई बचाउने र संरक्षण गरेको आरोप लगाउँदै उनले यस्तो कार्यको विरोध पनि गर्न नपाउने भन्ने कुराले सरकार ‘नाजीवादी’ सोचबाट ग्रस्त भएको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि म्याद थप भएपछि रास्वपाका नेताकार्यकर्ता आक्रोशित, निषेधित क्षेत्र तोडेर प्रदर्शन (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउकाे विराेधमा प्रदर्शन जारी राखेका नेता कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेका छन्। बिहीबार जिल्ला अदालत कास्कीले सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएपछि आक्रोशित भएका नेता कार्यकर्ताहरू निषेधित क्षेत्र ताेडेर प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मेडिसिटीको लापरवाहीले बुवाको मृत्यु भयाे, ५ करोड क्षतिपूर्ति दिनुपर्छ’

रिमालले अस्पतालले उपचारको क्रममा गरेका लापरवाही र गल्तीको पनि फेहरिस्त सुनाएका थिए। अस्पताल र चिकित्सकले उपचारमा भएको गम्भीर लापरवाही र गल्ती ढाकछोपको लागि गम्भीर झुट बोलेको पनि उनले स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले सत्तापक्षलाई जोगाउने र विपक्षी नेतालाई छानीछानी मुद्दा लगाउने काम गर्‍याे: माओवादी

पार्टी उपाध्यक्ष अग्नि सापकोटाले सरकारले सहकारी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेल लगायतकाहरुलाई संरक्षण गरेर विपक्षीप्रति प्रतिशोध साँधिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति प्राप्त भएकाे छ। बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जिबी राईकाे पत्र- रवि जेल चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ

उनले लामिछानले पुर्पक्षका लागि जेल चलान भएमा आफूलाई नेपाल आउन सुरक्षित महसुस हुनेसमेत उल्लेख गरेका छन्। राईले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानलेलाई उन्मुक्ति नदिन आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी छ: प्रधानमन्त्री

उनले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैं शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराउँदै दुई ठूला छिमेकीहरूको बीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग शत्रुता’ को नीति कायम राख्ने स्थितिमा रहेको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले प्रधानमन्त्री र जिम्मेवार निकायविरुद्ध गलत आक्षेप लगाएर छानबिन प्रकृयालाई प्रभावित गर्न खाेज्याे: एमाले

छानबिन समितिको प्रतिवेदनका आधारमा छानबिनको प्रकृया अघि बढिरहेको अवस्थामा प्रधानमन्त्री र सरकारका जिम्मेवार व्यक्ति तथा निकायविरुद्ध अमर्यादित अभिव्यक्ति दिने, गालीगलौच गर्ने र गलत आक्षेप लगाउँदै छानबिन प्रकृयालाई प्रभावित गर्नेगरी भ्रम सिर्जना गरेकाे विज्ञप्तिमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

सम्मेलनमा विश्वका करिव १६ देशका वक्ताहरुको सहभागिता रहने उनले बताए।  नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा जापान, स्वीजरल्याण्ड, अष्ट्रेलिया, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंकालगायत करिव १६ मुलुकबाट प्रतिनिधित्व हुने महासचिव निरौलाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल एयरलायन्सलाई प्रभावकारी बनाउन अध्ययन जारी छ: मन्त्री पाण्डे

सरकार गठनपछिका एकसय दिनमा मन्त्रालयबाट भएका प्रमुख कार्य एवम् उपलब्धिका सम्बन्धमा पर्यटन मन्त्रालयको प्रेस ब्रिफिङगर्दै मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनको लागि मन्त्रालय प्रयास गरिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निरौलाकाे हत्यामा संलग्नलाई राजनीतिक संरक्षणको शंका, पक्राउ नगरेसम्म शव नबुझ्ने परिवारको अडान

मंगलबार अपरान्ह हत्या गरिएका निरौलाको हत्यामा नाम जोडिएका मध्ये केही सत्तारुढ दल नेकपा एमालेका जिम्मेवार कार्यकर्ताहरु र नेताहरुका नातगोताभित्रका परेकाले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको हुन सक्ने अड्कलबाजी थालिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमक