बिएल संवाददाता
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीबाट निस्कासित गरिसकेका भीम रावललाई नयाँ घर बनाएर देखाउन चुनाैति दिएका छन्।
अरे यार भन्दै उनले रावललाई नयाँ घर बनाएर देखाउन चुनाैति दिएका हुन्। ‘अरे यार! ह्याउ भए बनाएर देखाउ न आफ्नो घर’, कवितात्मक शैलीमा उनले भनेका छन्।
रिमाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका मात्र होइनन्, अहिले पनि प्रधानमन्त्रीकाे राजनीतिक सल्लाहकारका रुपमा प्रधानमन्त्री कार्यालयमा छन्।
पार्टीकाे नीति विपरीत कार्य गरेकाे भन्दै पूर्वउपाध्यक्ष रावललाई एमाले चिवालय बैठकले पुस १० गते साधारण सदस्य नरहने गरी कार्वाही गरेकाे थियाे।
त्यसपछि रावल केपी ओली निरङ्कुश बन्दै गएकाले देशभक्त आफू जस्तालाई कार्वाही गरिएको अभिव्यक्ति दिँदै आएका छन्।
रावलकाे अभिव्यक्तिकाे प्रतिवाद गर्दै रिमालले फेसबुकमा कवितात्मक शैलीमा लामाे स्टाटस लेखेका छन्।
उनले ३९ सालयता आफूहरू निरन्तर पार्टी संगठन निर्माणमा लागिरहेको तर रावलले सँधै पार्टीभित्र विवादका लागि मौका खोजीमा रहेको आरोप लगाएका छन्।
‘उननचालीस सालदेखि यता, हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौं, पार्टी भित्र सँधै उनी–विवादका लागि मौकाको खोजीमा रहे, अनवरत ‘किच–किच’ गरेर बसीरहे।’ रिमालले लेखेका छन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया