बिएल संवाददाता
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीबाट निस्कासित गरिसकेका भीम रावललाई नयाँ घर बनाएर देखाउन चुनाैति दिएका छन्।
अरे यार भन्दै उनले रावललाई नयाँ घर बनाएर देखाउन चुनाैति दिएका हुन्। ‘अरे यार! ह्याउ भए बनाएर देखाउ न आफ्नो घर’, कवितात्मक शैलीमा उनले भनेका छन्।
रिमाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका मात्र होइनन्, अहिले पनि प्रधानमन्त्रीकाे राजनीतिक सल्लाहकारका रुपमा प्रधानमन्त्री कार्यालयमा छन्।
पार्टीकाे नीति विपरीत कार्य गरेकाे भन्दै पूर्वउपाध्यक्ष रावललाई एमाले चिवालय बैठकले पुस १० गते साधारण सदस्य नरहने गरी कार्वाही गरेकाे थियाे।
त्यसपछि रावल केपी ओली निरङ्कुश बन्दै गएकाले देशभक्त आफू जस्तालाई कार्वाही गरिएको अभिव्यक्ति दिँदै आएका छन्।
रावलकाे अभिव्यक्तिकाे प्रतिवाद गर्दै रिमालले फेसबुकमा कवितात्मक शैलीमा लामाे स्टाटस लेखेका छन्।
उनले ३९ सालयता आफूहरू निरन्तर पार्टी संगठन निर्माणमा लागिरहेको तर रावलले सँधै पार्टीभित्र विवादका लागि मौका खोजीमा रहेको आरोप लगाएका छन्।
‘उननचालीस सालदेखि यता, हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौं, पार्टी भित्र सँधै उनी–विवादका लागि मौकाको खोजीमा रहे, अनवरत ‘किच–किच’ गरेर बसीरहे।’ रिमालले लेखेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया