बिएल संवाददाता
पार्टीबाट निष्काशित भएका एमालेका पूर्व उपाध्यक्ष भीम रावलले विचाैलियालाई काखी च्याप्नेले इमान्दारमाथि कार्वाही गर्नु आश्चार्य नमानेकाे बताएका छन्।
सामाजिक सञ्जालमा एक पाेष्ट राख्दै उनले आफूमाथिकाे कार्वाहीकाे निर्णय केपी शर्मा ओलीकाे सत्ताकाे उन्मादकाे निर्णय भनेका छन्।
‘मलाई पार्टी सदस्यबाट हटाउने केपी ओलीकाे निर्णय सत्ताकाे उन्मादमा गरिएकाे निरंकुश, स्वच्छाचारी र तानाशाही निर्णय हाे’, उनले भनेका छन्।
रावलले राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनअधिकार न्याय र समानताका लागि सक्रिय रहेर सत्य र तथ्यकाे पक्षमा उभिदा एमालेले कार्वाही गर्ने निर्णय गरेकाे बताएका छन्।
उनले केपी ओलीले भ्रष्ट, अनैतिक, फाैजदारी मुद्धा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमाले विराेधि एवम् विचाैलिया दलाललाई काखी च्यापेकाे पनि आराेप लगाएका छन्।
केपी ओलीकाे अन्यायपूर्ण निर्णयमा जनसमुदाय लाग्ने पनि उनले विश्वास व्यक्त गरेका छन्।
बुधबार बसेकाे एमालेकाे सचिवालय बैठकले रावललाई सधैंका निस्काशित गरेकाे थियाे भने साथै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र अर्का पार्टी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो।
रावलकाे भनाइ–

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया