बिएल संवाददाता
नेकपा एमालेबाट निलम्बित भएपछि स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले आफूहरुलाई पार्टीले ६ महिनाका लागि छुट्टी दिएको बताएकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै उनले पार्टी काममा भएको समयमा पार्टीले ६ महिनाका लागि बिदा दिएको बताएकी हुन्।
पाण्डेले कार्वाहीको अवधिलाई रचनात्मक र सिर्जनात्मक रूपमा प्रयोग गर्ने बताएकी छिन्।
‘हामी त पार्टी काममै थियौँ, नेताले ६ महिना छुट्टि दिएको खबर सुनियो,।’ उनले लेखेकी छिन्, ‘‘यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नु पर्नेछ। यहाँहरूको सुझाव पाऊँ ल।’
एमालेको बुधबार बसेको सचिवालय बैठकले पाण्डे र अर्को पार्टी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो।
उनीहरुले व्यवसायी मीनबहादुर गरुङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गरेका थिए।
त्यसपछि स्पष्टीकरण सोधेको एमालेले स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै एमालेले उनीहरूलाई निलम्बन गर्ने निर्णय गरेको हो।
बैठकले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य नरहने गरी निस्कासन गरेको छ।
रावलले आफूलाई निकाल्नु एमाले अध्यक्ष ओलीको तानाशाही प्रवृत्ति भएको टिप्पनी गरेका छन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया