बिएल संवाददाता
नेकपा एमालेबाट निलम्बित भएपछि स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले आफूहरुलाई पार्टीले ६ महिनाका लागि छुट्टी दिएको बताएकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै उनले पार्टी काममा भएको समयमा पार्टीले ६ महिनाका लागि बिदा दिएको बताएकी हुन्।
पाण्डेले कार्वाहीको अवधिलाई रचनात्मक र सिर्जनात्मक रूपमा प्रयोग गर्ने बताएकी छिन्।
‘हामी त पार्टी काममै थियौँ, नेताले ६ महिना छुट्टि दिएको खबर सुनियो,।’ उनले लेखेकी छिन्, ‘‘यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नु पर्नेछ। यहाँहरूको सुझाव पाऊँ ल।’
एमालेको बुधबार बसेको सचिवालय बैठकले पाण्डे र अर्को पार्टी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो।
उनीहरुले व्यवसायी मीनबहादुर गरुङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गरेका थिए।
त्यसपछि स्पष्टीकरण सोधेको एमालेले स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै एमालेले उनीहरूलाई निलम्बन गर्ने निर्णय गरेको हो।
बैठकले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य नरहने गरी निस्कासन गरेको छ।
रावलले आफूलाई निकाल्नु एमाले अध्यक्ष ओलीको तानाशाही प्रवृत्ति भएको टिप्पनी गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया