बिएल संवाददाता
नेकपा एमालेबाट ६ महिनाका लागि निष्कासित भएपछि केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाले एमाले नेताहरूले पञ्चकै नक्कल गरेर आफूलाई निष्कासन गरेको बताएकी छिन्।
सामाजिक सञ्जालमा लेख्दै उनले पञ्चायतविरुद्ध लडेर आएका नेतृत्वगणले पञ्चकै नक्कल गरेको व्यङ्ग्य गरेकी छिन्।
उनले लेखेकी छिन् ‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नंं.१ अन्तर्गत शिबपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो। उक्त कार्यक्रम सकेर भर्खर घर आइपुगेँको छु। तल्लो तहका आम कार्यकर्ता, तिनको लगाब, मेहनत र चासोको अगाध माया लाग्छ। यता ६ महिना निलम्बनको निर्णय भएछ। पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो।’
एमाले तिमिल्सेना र स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेको छ। उनीहरुले व्यवसायी मीनबहादुर गरुङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गरेका थिए।
त्यसपछि स्पष्टिकरण सोधेको एमालेले स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बुधबार बसेको एमाले सचिवालय बैठकले उनीहरूलाई निलम्बन गर्ने निर्णय गरेको हो।
बैठकले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ।
रावलले आफूलाई निकाल्नु एमाले अध्यक्ष ओलीको तानाशाही प्रवृत्ति भएको टिप्पनी गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया