बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेबाट भीम रावललाई निष्कासन गर्नु पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे निरङ्कुशताकाे पराकाष्टा भएकाे बताए।
शनिबार नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन(नेष्टु)ले आयोजना गरेको कार्यक्रममा भुसालले रावलमाथि राजनीतिक प्रतिशाेध साँधिएकाे आराेप लगाए।
‘भीम रावल एक राष्ट्रवादी र स्वाभिमानी नेता भएकाले ओलीले राजनीतिक प्रतिशोध साँधे’, उनले भने। चाकरी गर्ने ओलीका मित्र र पार्टीको नीति, विधि र पद्दतीमा हिंड्ने स्वाभीमानी नेता–कार्यकर्ता उनका दूष्मन हुने विषय नौलो नभएको भुसालकाे भनाइ छ।
उनले नेता रावललाई आफ्नो पार्टीमा स–सम्मान स्वागत गर्न तयार रहेको पनि सन्देश दिए।
यस्तै भुसालले गणतन्त्र ल्याउन मुख्य भूमिका खेल्ने श्रमिक वर्गमाथि ओली सरकार निर्मम बनेको बताए। वर्तमान केपी ओली सरकार मजदुरको पक्षभन्दा पनि माफिया वा दलालहरुको पक्षमा रहेको आरोप लगाए।
पूर्वमन्त्रीसमेत रहेका भुसालले संविधानले मजदुरको ट्रेड युनियन अधिकारसहित सम्पूर्ण सुरक्षाको प्रत्याभूति गरेको भएपनि त्यसको कार्यान्वयन नहुनु दुःखत भएको बताए।
नेपाली राजनीतिमा गाणतन्त्र पूर्णरुपले कार्यान्वयन नहुँदा हरेक क्षेत्रमा बिचौलियाहरुको हालिमुहाली हुने अवस्था अएको बताउँदै भने,‘संविधानको भावना विपरित सरकारले नै माफियाको संरक्षण गर्दा श्रमजीवी वर्ग थप पीडित भएको र जाँतोमा पिसिएका छन्।’
मजदुरहरुको हकहितको लागि बनेको कानुन विपरित आउटसोर्स प्रक्रियाबाट श्रमिक आपूर्ति गर्ने कार्यको भुसालले खेदपूर्ण रहेको बताउँदै भने,‘न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, श्रम कानुनले निर्दिष्ट गरेका सेवा सुविधालाई आउटसोर्सले बञ्चित गर्छ। यस्तो गर्नेलाई कारबाहीको दायरामा ल्याउनुर्पछ।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया