बिएल संवाददाता
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर रु एक लाख ३३ हजार तय भएको हो।
यस्तै, तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला रु एक लाख ३० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३२ हजार तीन सय ५० निर्धारण भएको छ।
चाँदीको मूल्य पनि उकालो लागेको छ। मङ्गलबार प्रतितोला रु एक हजार पाँच सय ४५ मा कारोबार भएको चाँदी आजका लागि भने रु ६५ले बढेर रु एक हजार छ सय १० बराबरको मूल्य निर्धारण भएको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया