बिएल संवाददाता
भारतीय जनता पार्टी (भाजपा) ले भोजपुरी गायक पवन सिंहलाई पार्टीबाट निष्कासन गरेको छ।
लोकसभा चुनावको उम्मेदवारको पहिलो सूचीमा भाजपाले पश्चिम बंगालको आसनसोल सिटबाट पवन सिंहलाई टिकट दिएको थियो। यद्यपि, उनी आफ्ना गीतहरूमा बंगाली महिलाहरूको आपत्तिजनक चित्रणले घेरिएका थिए र त्यसपछि पवन सिंहले चुनाव नलड्ने घोषणा गरे।
त्यसलगत्तै पवन सिंहले बिहारको कराकट सिटबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उपेन्द्र कुशवाहा यहाँ एनडीएबाट उम्मेदवार छन्।
बिहार बीजेपीले पवन सिंहलाई पार्टीबाट हटाएको पत्र दिएको छ। पत्रमा लोकसभा चुनावमा एनडीएको अधिकृत उम्मेदवारविरुद्ध लडेको र यो अनुशासनविपरीत भएको भन्दै पार्टीबाट निष्काशित गरेको जानकारी दिएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया