बिएल संवाददाता
इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जेरुसेलम पोस्टले बताएको छ।
घटनको विवरण अहिलेसम्म अज्ञात छ तर प्रारम्भिक रिपोर्टअनुसार राष्ट्रपतिको हेलिकप्टर हुस्सु लागेका कारण दुर्घटना भएको देखिएको छ।
इरानको तस्निम समाचार एजेन्सीकाअनुसार आपत्कालीन सेवाहरूले राष्ट्रपतिको हेलिकप्टरको खोजी गरिरहेका छन् तर उक्त क्षेत्रमा हुस्सुका कारण खोजी प्रयास जटिल भइरहेको छ।
इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र पूर्वी अजरबैजानमा इस्लामिक न्यायिक संरक्षकका प्रतिनिधि मोहम्मद अली आले–हाशेम तथा ताब्रिजमा शुक्रबारको प्रार्थनका इमाम कथितरूपमा रायसीको हेलिकप्टरमा रहेको जेरुसेलम पोस्टले बताएको छ।
इरानी आधिकारिक सञ्चारमाध्यमका अनुसार सवारीमा तीन हेलिकप्टर संलग्न थिए। यसमा दुई वटाले सुरक्षित अवतरण गरेको र एउटा दुर्घटनाग्रस्त भएको छ। उक्त जानकारी पूर्वी अजरबैजानका नागरिक मामिलाका उपसंयोजकले प्रदान गरेका हुन्।
दुर्घटना आइतबार अजरबैजानी–इरानी सीमामा रायसीले अजरबैजानी इल्हम अलियेभसँग भेट गरेको केही घन्टामा भएको हो।
- एजेन्सी
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया