बिएल संवाददाता
जोनास डोइने फिलिपिन्सको एउटा विद्यालयमा कक्षा ३ मा पढ्छन्। अझै पनि उनी कहिल्यै विद्यालय जान पाएका छैनन्। उनले कहिल्यै पनि हात उठाएर शिक्षकलाई प्रश्न सोध्न सोधेका छैनन्।
नत साथीको छेउमा बसेका छन्। विद्यालय पोसाक त लगाएकै छैनन्। फिलिपिन्समा सरकारले कोभिड रोक्न विश्वको सबैभन्दा लामो तालाबन्दी लगाएको थियो जसका कारण उनीसहित २ करोड ७० लाख विद्यार्थी दुई वर्षदेखि अनलाइन अध्ययन गरेका थिए।
तर, सरकारले कक्षा सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारबाट भौतिक रूपमा विद्यालय सञ्चालन भएका छन्। कोभिडका कारण सन् २०२० को मार्चदेखि देशका अधिकांश विद्यालय बन्द रहेका थिए।
लामो समय विद्यालय सञ्चालन नहुँदा विज्ञहरुले देशमा शैक्षिक क्षेत्रमा संकट निम्त्एकाे भन्दै सरकारलाई विद्यालय सञ्चालन गर्न सुझा दिँदै आएका थिए।
फिलिपिन्स दक्षिणपूर्व एसियामा महामारीबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये एक थियो। तत्कालीन राष्ट्रपति रोड्रिगो दुतेर्तेले लामो कोरोनाभाइरस तालाबन्दी घोषणा गरेका थिए, जसका कारण विद्यालय प्रभावित भएका थिए।
लामो समयसम्म विद्यालय बन्द हुँदा फिलिपिन्सका बालबालिकाहरूमा साक्षरता दर घट्न सक्ने डर पैदा भएको थियो। विद्यालय बन्द हुँदा धेरै विद्यार्थीहरूले सीप गुमाएको फिलिपिन्समा सरोकारवाला शिक्षकहरूको गठबन्धनको राष्ट्रिय अध्यक्ष भ्लादिमिर क्वेटुआलले बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया