बिएल संवाददाता
उत्तरी सुमात्राको तपानुलीमा पहिरोले राजमार्ग अवरुद्ध हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। यसैगरी १३ जना घाइते भएको पनि राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले आइतबार जनाएको छ।
शनिबार साँझ ५ बजे तरुटुङ–सिबोल्गा राष्ट्रिय सडकमा ट्राफिक जामको बीचमा सडकको छेउमा रहेको भीर अचानक खस्दा सो दुर्घटनाभएको एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन्।
दुर्घटनामा सात जना सामान्य घाइते भएका छन् भने अन्य ६ जना गम्भीर घाइते भएका छन्। पहिरोले एउटा घर, पाँचवटा मिनीबस, एउटा लजिस्टिक ट्रक र केही मोटरसाइकलमा पनि क्षति पुर्याएको बताइएको छ। आइतबार बिहानैदेखि पहिरोको भग्नावशेषलाई पन्छाएर सडक चालु गरिएको छ।
यसैबीच हावाहुरी र चट्याङसहित भारी वर्षाको सम्भावना कम्तीमा फेब्रुअरी ५ सम्म रहने मौसम विज्ञान, जलवायु तथा भू-भौतिकी निकायले चेतावनी दिएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया