बिएल संवाददाता
म्यान्मामा आइतबार बङ्गलादेशको सीमा नजिकै लडाइँ भएको छ।
आतङ्कित बासिन्दाहरूले गोलीहरूले सीमा पार गरेको र चिकित्सकहरूले बिरामीको उपचार गरिरहेको बताएका छन्। सरकारले सीमा अधिकारीहरू आश्रयको खोजीमा भागेको बताएको छ।
सहायता एजेन्सी डाक्टर्स विदआउट बोर्डर्स (एमएसएफ) ले कक्स बजारमा आफ्ना चिकित्सिकहरूले ‘बङ्गलादेश–म्यान्मा सीमामा लडाइँपछि ठूलो सङ्ख्यामा बिरामी प्राप्त गरेको’ बताएको छ।
आइतबार साँझ १७ बिरामीलाई कुटपालोङ अस्पतालमा भर्ना गरिएको एमएसएफले बताएको छ। उसले बिरामीहरूको राष्ट्रियताका बारेमा थप जानकारी दिएको छैन।
बङ्गलादेशका गृहमन्त्री असदुज्जमान खानले छिमेकी म्यान्माको अशान्त रखाइन राज्यका कम्तीमा १४ जना सीमा अधिकारी विद्रोही अराकान सेना (एए) का लडाकू अगाडि बढ्नुअघि ‘आत्मरक्षाका लागि हाम्रो क्षेत्रमा प्रवेश गरेका’ बताए।
यद्यपि बङ्गलादेशको निजी प्रसारक च्यानल २४ ले सीमा रक्षकहरूको सङ्ख्या धेरै भएको बताएको छ।
च्यानलले कम्तीमा ६६ जना अधिकारीले शरण मागेको र तीमध्ये १० जना घाइते भएको बताएको छ।
सन् २०२१ को सैन्य विद्रोहपछि एए लडाकूहरूले ठूलो स्तरको युद्धविराम भङ्ग गरेसँगै बङ्गलादेशसँगको दुई सय ७० किलोमिटरको सीमा र उत्तरमा छिमेकी भारतनजिकै म्यान्माका केही भागमा नोभेम्बरपछि लगातार झडपहरू भएका छन्।
सीमा नजिकै बस्ने बङ्गलादेशी गाउँलेहरूले उनीहरूलाई युद्ध फैलिने डर भएको बताएका छन्। एमएसएफले हिंसाबाट प्रभावित सीमाका दुवैतर्फ रहने बासिन्दाका लागि चिन्ता व्यक्त गर्दै स्थितिको निगरानी गरिरहेको बताएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया