बिएल संवाददाता
दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजराइली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको आधिकारी प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।
प्यालेस्टिनी लडाकू र इजराइली सेनाबीच भीषण सङ्घर्ष हुँदा सहरको पश्चिमी क्षेत्रहरूमा इजराइली युद्धक विमान र तोपखानाले हिंसात्मक बमबारी गरेको बताइएको छ। उक्त क्षेत्रमा हजारौँ विस्थापित प्यालेस्टिनीहरू बसेका छन्।
गाजा पट्टीमा जारी इजराइली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २५ हजार दुई सय ९५ पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा इजराइली सेनाद्वारा एक सय ९० प्यालेस्टिनी मारिएको र तीन सय ४० जना घाइते भएका छन्। जारी इजराइल–हमास युद्धमा सन् २०२३ अक्टोबर ७ यता कम्तीमा ६३ हजार प्यालेस्टिनी घाइेते भएको पनि मन्त्रालयले जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया