बिएल संवाददाता
एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घन्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सङ्घीय निकायले शुक्रबार जनाएको छ।
लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि काम गरिरहेको संयुक्त राष्ट्रसङ्घीय निकाय युएन विमेनको प्रतिवेदनमा गाजामा युद्ध शरू भएको दिनदेखि १०० दिनसम्मको महिलाहरूको औसत मृत्यु दरलाई मूल्याङ्कन गरी उक्त तथ्य सार्वजनिक गरेको हो।
गाजा सङ्कटले महिला तथा बालबालिकाको जीवनस्तरमा जीवन र मानवीय आवश्यकताको विनाशकारी असर गरिरहेको गाजा युद्धको लैङ्गिक प्रभाव नामक प्रतिवेदनमा उल्लेख छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा २४ हजार ६२० प्यालेस्टिनी मारिएका छन्। गाजामा मृत्यु भएकामध्ये करिब ७० प्रतिशत महिला र बालबालिका रहेको अनुमान गरिएको छ। तथ्याङ्कअनुसार महिला मृत्युमध्ये सङ्कट सुरु भएदेखि अहिलेसम्मको औसत अनुपातमा प्रतिघन्टा दुई आमाहरूको मृत्यु हुनेगरेको छ।
गाजामा १९ लाखभन्दा बढी व्यक्ति तथा गाजाको कुल जनसङ्ख्याको ८५ प्रतिशत, जनसङ्ख्या विस्थापित भएको विश्वास गरिन्छ। जसमा संयुक्त राष्ट्रसंघीय निकाय (युएन विमेन) ले एक लाख महिला तथा बालबालिका रहेको अनुमान गरेको छ। गाजाको सम्पूर्ण जनसङ्ख्यामध्ये लगभग २२ लाख व्यक्ति सङ्कटमा वा तीव्र खाद्य असुरक्षाको मारमा रहेको अनुमान गरिएको छ ।
युएन वुमनको अनुमानमा द्धन्द्धमा कम्तिमा तीन हजार महिला विधवा वा घरपरिवार विहिन भएका अनुमान गरिएको छ।
यसैगरी कम्तिमा दश हजार बच्चाहरूले आफ्नो पिता गुमाएका हुन सक्ने विवरणमा बताइएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया