बिएल संवाददाता
अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना संक्रमण देखिएको छ।
लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नुअघि उनको कोभिडको लागि परीक्षण गरिएको थियो, जसमा उनी संक्रमित भेटिए। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिएकी हुन्।
उनले अमेरिकी राष्ट्रपतिलाई कोभिड विरुद्धको खोप लगाइएको बताएकी छन्। बाइडेनलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको छ। अब उनलाई डेलावेयरमा आइसोलेसनमा राखिने बताइएको छ।
राष्ट्रपतिलाई प्याक्सलोभिडको पहिलो डोज दिइएको ह्वाइटहाउसले बताएको छ। अमेरिकामा चुनावी गतिविधि चर्की रहेको बेला बाइडेन कोरोना संक्रमित भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ।
यसअघि सन् २०२२ को जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड– १९ पोजिटिभ भेटिएका थिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया