बिएल संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्तिको परिचय सार्वजनिक गरिएको छ । अमेरिकी अनुसन्धान एजेन्सीका अनुसार ऊ २० वर्षीय थोमस म्याथ्यु क्रुज रहेका छन् । पेन्सेल्भेनिया राज्यको बेथल पार्कमा बस्ने उसले २०२२ मा स्थानीय बेथल पार्क हाइस्कुलबाट हाइस्कूलको पढाइ सकेको थियो । बेथल पार्क घटना भएको बटलरभन्दा ३५ माइल दक्षिणमा पर्छ ।
बन्दुकधारी क्रुक्सको नाम मतदाता सूचीमा एक रजिष्टर्ड रिपब्लिकनका रूपमा दर्ता भएको तथ्य सार्वजनिक भएको छ । पेन्सेल्भेनिया राज्यको मतदाता सूचीमा रहेको यो तथ्यसँगै घटनामा विरोधी दलको कार्यकर्ता वा समर्थक रहेको थियो कि भन्ने आशंकाको अन्त भएको छ ।
उले २०२१ मा भने एक एक प्रोग्रेसिभ टर्नआउट प्रोजेक्टलाई १५ डलर चन्दा दिएको देखिन्छ । यसले उनी पहिला तटस्थ वा डेमोक्रेटिक समर्थक हुन सक्ने अड्कलबाजी गरिएको छ ।
बन्दुकधारीको परिचय सार्वजनिक गरिए पनि घटनामा कसकसको संलग्नना थियो र किन गरिएको थियो भन्ने बारेमा भने केही पनि जनाएको छैन । एफबीआईले त्यसमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।
बन्दुकधारीको पहिचान एक रिपब्लिकन श्वेत क्रिश्चियन युवाका रूपमा हुनु भनेको अमेरिकाको आधा शान्ति फर्कनु हो । अब यसले बन्दुकधारीको मूल, अनुहारको रङ र धर्मको किसिमजस्ता राजनीतिक कार्डहरू खासै काम नलाग्ने भएका छन् । अमेरिकामा ट्रम्प र उनका उग्र समर्थकहरू पछिल्लो समय यिनै कार्डका आधारमा घृणा र विभाजनको राजनीति गरिरहेका छन् ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया