बिएल संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्तिको परिचय सार्वजनिक गरिएको छ । अमेरिकी अनुसन्धान एजेन्सीका अनुसार ऊ २० वर्षीय थोमस म्याथ्यु क्रुज रहेका छन् । पेन्सेल्भेनिया राज्यको बेथल पार्कमा बस्ने उसले २०२२ मा स्थानीय बेथल पार्क हाइस्कुलबाट हाइस्कूलको पढाइ सकेको थियो । बेथल पार्क घटना भएको बटलरभन्दा ३५ माइल दक्षिणमा पर्छ ।
बन्दुकधारी क्रुक्सको नाम मतदाता सूचीमा एक रजिष्टर्ड रिपब्लिकनका रूपमा दर्ता भएको तथ्य सार्वजनिक भएको छ । पेन्सेल्भेनिया राज्यको मतदाता सूचीमा रहेको यो तथ्यसँगै घटनामा विरोधी दलको कार्यकर्ता वा समर्थक रहेको थियो कि भन्ने आशंकाको अन्त भएको छ ।
उले २०२१ मा भने एक एक प्रोग्रेसिभ टर्नआउट प्रोजेक्टलाई १५ डलर चन्दा दिएको देखिन्छ । यसले उनी पहिला तटस्थ वा डेमोक्रेटिक समर्थक हुन सक्ने अड्कलबाजी गरिएको छ ।
बन्दुकधारीको परिचय सार्वजनिक गरिए पनि घटनामा कसकसको संलग्नना थियो र किन गरिएको थियो भन्ने बारेमा भने केही पनि जनाएको छैन । एफबीआईले त्यसमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।
बन्दुकधारीको पहिचान एक रिपब्लिकन श्वेत क्रिश्चियन युवाका रूपमा हुनु भनेको अमेरिकाको आधा शान्ति फर्कनु हो । अब यसले बन्दुकधारीको मूल, अनुहारको रङ र धर्मको किसिमजस्ता राजनीतिक कार्डहरू खासै काम नलाग्ने भएका छन् । अमेरिकामा ट्रम्प र उनका उग्र समर्थकहरू पछिल्लो समय यिनै कार्डका आधारमा घृणा र विभाजनको राजनीति गरिरहेका छन् ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया