बिएल संवाददाता
जाे बाइडेन र डाेनाल्ड ट्रम्पबीच पहिलाे राष्ट्रपति बहस सम्पन्न भएकाे छ।
नाेभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचन केन्द्रित यस बहसमा चार वर्षपछि फेरि दुवै नेता आमनेसामने भएका हुन्।
सिएनएनले आयोजना गरेको यो टिभी बहस ९० मिनेटसम्म चलेको थियो। बहसको अन्त्यमा कसले व्यक्तव्य दिने भन्नेबारे टस गरिएको थियाे। सो टस डोनाल्ड ट्रम्पले जितेका थिए।
बहसअघि बाइडेन र ट्रम्पले हात मिलाउन अस्वीकार गरेका थिए। भने, बाइडेनले ‘ट्रम्पलाई कस्तो छ?’ भनेर सोधेको प्रश्नको जवाफ ट्रम्पले दिएका थिएनन्।
बहस अवैध आप्रवासी, एबर्सन, इजरायल- हमास युद्ध, रुस युक्रेन युद्ध, रुस र चीन सम्बन्ध, बन्दुकबाट हुने अपराध, कर, महंगी, बेरोजगारी र जलवायु परिवर्तन जस्ता मुद्धामा बहस भएको थियो।
बहसका क्रममा राष्ट्रपति बाइडेनको स्वास्थ्य ठिक नरहेको प्रष्ट देख्न सकिन्थ्यो। उनले बोल्न संघर्ष गरिरहेको टेलिभिजनमा देखिएको थियो।
बहसका क्रममा बाइडेनले ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको आरोप लगाएका थिए। भने, ट्रम्पले बाइडेन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्रपति भएको बताएका थिए।
यो बहस सिएनएनका एन्कर जेक ट्यापर र डाना बासले संचालन गरेका थिए। बहसका लागि केही नियम बनाइएको थियो। मुख्य प्रश्नको जवाफ दिन दुवैलाई २-२ मिनेटको समय दिइएको थियो। भने, आरोपहरुको प्रतिवाद गर्न एक-एक मिनेटको समय दिइएको थियो।
एक उम्मेदवार बोल्दा अर्को उम्मेदवारको माइक अफ गरिएको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया