बिएल संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहरिएका छन् । न्युयोर्कमा भएको एक ऐतिहासिक आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटा मुद्दामा उनी दोषी ठहर भएका हुन् ।
अमेरिकाकै इतिहासमा कुनै पनि पूर्व वा सेवारत अमेरिकी राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरिएको यो पहिलो पटक हो । उनलाई के सजाय दिइने छ, त्यसको निर्णय भने जुलाई ११ मा हुनेछ । उनलाई बढीमा चार वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ ।
पूर्वराष्ट्रपति ट्रम्पले २०१६ को चुनवा जित्नका लागि नीलो सिनेमाकी नायिका स्टर्मी डेनियलसँग भएको यौनसम्बन्ध लुकाउन उनलाई एक लाख ३० हजार रकम दिएका थिए । तर, त्यो रकमको विवरण लुकाउन उनले गलत अभिलेख राखेका थिए ।
यौनसम्बन्ध लुकाउन दिइएको त्यही पैसा नै ट्रम्पका लागि भारी भयो ।
इतिहासमै पहिलोपटक सेवारत वा पूर्व राष्ट्रपति फौजदारी मुद्दामा दोषी ठहरिएको यो घटनाले अमेरिका लज्जित र स्तव्ध भएको छ ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया