बिएल संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहरिएका छन् । न्युयोर्कमा भएको एक ऐतिहासिक आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटा मुद्दामा उनी दोषी ठहर भएका हुन् ।
अमेरिकाकै इतिहासमा कुनै पनि पूर्व वा सेवारत अमेरिकी राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरिएको यो पहिलो पटक हो । उनलाई के सजाय दिइने छ, त्यसको निर्णय भने जुलाई ११ मा हुनेछ । उनलाई बढीमा चार वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ ।
पूर्वराष्ट्रपति ट्रम्पले २०१६ को चुनवा जित्नका लागि नीलो सिनेमाकी नायिका स्टर्मी डेनियलसँग भएको यौनसम्बन्ध लुकाउन उनलाई एक लाख ३० हजार रकम दिएका थिए । तर, त्यो रकमको विवरण लुकाउन उनले गलत अभिलेख राखेका थिए ।
यौनसम्बन्ध लुकाउन दिइएको त्यही पैसा नै ट्रम्पका लागि भारी भयो ।
इतिहासमै पहिलोपटक सेवारत वा पूर्व राष्ट्रपति फौजदारी मुद्दामा दोषी ठहरिएको यो घटनाले अमेरिका लज्जित र स्तव्ध भएको छ ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया