प्रदीप भट्टराई
विगत एक दशकमा अमेरिकी नागरिकता लिने नेपालीको संख्या ५९ हजार सात सय ५१ पुगेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो आधिकारिक तथ्यांक हो यो । यो तथ्यांकले एकातिर नेपालीको अमेरिकी हुने मोह बढेको देखाउँछ भने अर्कोतिर नेपाल बस्न लायक देश हुदैछैन भन्ने पीडादायी तस्बीर पनि देखाउँछ । तथ्यांकहरूलाई विश्लेषण गर्ने हो भने वितेको एक दशकमा अमेरिकी नागरिकता लिने नेपालीको संख्या तेब्बर बढेको छ ।
सन् २०१४ सम्म अमेरिकी नागरिकता लिने नेपालीको संख्या २५ हजारको हाराहारीमा थियो ।
सन् २०१४ मा दुइ हजार आठसय ८८ नेपालीले अमेरिकी नागरिकता लिएकोमा यो संख्या २०१५ मा एक्कासी बढेर चारहजार दईसय २५ पुग्यो। त्यसयता केही तलमाथि भए पनि हरेक वर्ष चारहजारभन्दा बढी नेपालीले अमेरिकी नागरिकता लिइरहेको पाइन्छ।
अमेरिकी सरकारको आधिकारिक अभिलेखमा सन् १९९० सम्ममा दुई हजार ६ सय १६ नेपालीले अमेरिकी नागरिकता लिएको पाइन्छ। तर, अमेरिकी नागरिक हुने पहिलो नेपाली को होलान् ? र, उनले कुन वर्ष अमेरिकी नागरिकता लिए ? त्यसका बारेमा भने अमेरिकी अभिलेख पनि मौन छ।
जे होस् पछिल्लो समय नेपाली नागरिकता छोडेर अमेरिकी नागरिकता लिने नेपालीको संख्या बढ्दो छ। यसमा नागरिकता लिने जति नै नेपाल बस्न लायक देश नबनाउनेहरू पनि जिम्मेवार छन् ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया