बिएल संवाददाता
यस साता संसारभर विविध राेचक घटनाहरु भए। जसअन्तर्गत अमेरिकामा देखिएकाे सूर्य ग्रहणकाे याे हप्ता संसारभर चर्चाकाे विषय बन्याे।
मेक्सिको, अमेरिका र क्यानडालगायत देशका लाखौं मानिसले सूर्य ग्रहणकाे दृश्य हेरेर आनन्द लिए। यो सूर्य ग्रहण सम्पूर्ण उत्तर अमेरिकी महादेशमा फैलिएको थियो।
यसैगरी याे साता मुस्लिम धर्मावलम्बीहरूले इद हर्साेल्लासका साथ मनाए। इद मनाउँदै गर्दा केही राेचक दृश्य पनि कैद भए।
पत्रकारहरुले रुसको ओरेनबर्ग क्षेत्रमा बाढीले डुबेको बस्ती कैद गर्न भ्याए भने फ्रान्सको दक्षिणी भागमा आकाशमा चम्केको इन्द्रेणीकाे दृश्यलाई समेत आफ्नाे क्यामेरामा कैद गरे।
संसारका यस्तै यस्तै केही गतिविधिहरु राेयटर्सका फाेटाे पत्रकारहरुले खिचेका छन्। प्रस्तुत छ, राेयटर्सका फाेटाे पत्रकारहरुले यस साता खिचेका उत्कृष्ट १५ तस्बिरहरु:
१. सूर्य ग्रहण नजिकैबाट आफ्नो गन्तव्यतर्फ जाँदै हवाइजहाज ब्लुमिङटन, इन्डियाना अमेरिकामा

२. न्यूयोर्क शहरको हडसन यार्डस्थित एजको अवलोकन डेकमा भेला भएर सूर्य ग्रहण हेर्दै सर्वसाधारण अमेरिकामा

३. मुस्लिम धर्मावलम्बीहरुको पवित्र चाड रमजानको पवित्र उपवास महिनाको अन्त्य ईद अल-फित्रको प्रार्थनामा सहभागी एक बालक केन्याको नेरोबीमा

४. रुसको ओरेनबर्ग क्षेत्रको इभानोव्स्कोयको बस्तीमा बाढीले डुबेको सडकमा एक व्यक्ति आफ्नो सामान बोकेको डुङ्गा तान्दै

५. बोरुसिया डर्टमन्डविरुद्धको च्याम्पियन्स लिगको खेलअघि आगोको साथ प्रहरी र एट्लेटिको म्याड्रिड प्रशंसकहरूको दृश्य,म्याड्रिड, स्पेनमा

६. फ्रान्सको दक्षिणी भागमा रहेको कन्केस नजिकै सूर्यास्तको समय ला बेसेरी गाउँको आकाशमा चम्केको इन्द्रेणी

७. अर्जेन्टिनाको ब्युनोस आयर्सको बाहिरी भागमा रहेको लुजानको लुजान चिडियाखानामा सर्कसबाट उद्धार गरिएको 'जोनी' नामक चिम्पाजी आफ्नो ५९ वर्षीया किपर सिल्भिया साल्भाटिएरालाई चुम्बन गर्दै

८. टोकियो, जापानको शिबुया वार्डमा टोकियो ट्वाइलेट शटल टूरको क्रममा एक व्यक्ति पुन: डिजाइन गरिएको सार्वजनिक शौचालयको निरीक्षण गर्दै

९. क्यानाडाको ओन्टारियोस्थित नियाग्रा फल्समा पूरै सूर्य ग्रहण हुनुअघि तीन सय नौ जनामध्ये केहीले सूर्यको लुगा लगाएर गिनिज वर्ल्ड रेकर्ड तोड्न भेला हुँदै

१०. चिलीको वायुसेनाको एरोबेटिक्स टोलीका सदस्यले सान्टियागो अन्तर्राष्ट्रिय विमानस्थल, चिलीमा अन्तर्राष्ट्रिय वायु र अन्तरिक्ष मेलाको अगाडि प्रदर्शन गर्दै

११. एथलीट र ओलम्पिक टर्चवाहक अनौक गार्नियरले आइफिल टावर स्क्वायरको बीचमा रहेको ११० मिटर लामो डोरी चढेर विश्व कीर्तिमान तोड्ने प्रयास गर्दै फ्रान्सको पेरिसमा

१२. भी एण्ड ए वाटरफ्रन्टमा रहेको टू ओशन एक्वेरियम फाउन्डेसनको कछुवा संरक्षण केन्द्रको ट्याङ्कीको झ्यालबाट हेर्दै एक समुद्री कछुवा दक्षिण अफ्रिकाको केप टाउनमा

१३. फ्रान्सेली कलाकार ब्याप्टिस्ट चेबासियर फ्रान्सको पेरिस नजिकैको सेन्ट-ओएनमा रहेको चेबासियर कार्यशालामा रिसाइकल पेपरको रोलबाट बनेको आफ्नो कलाकृति अनरोल गर्दै, जसमा ३० हजार दुई सय ४९ ओलम्पिक पदक विजेताहरूको नाम लेखिनेछ।

१४. स्वास्थ्य, पेन्सन र श्रम सुधारको पक्षमा प्रदर्शनमा सहभागी कलाकारहरू कोलम्बियाको बोगोटामा

१५. स्विट्जरल्याण्डको जेनेभामा भएको घडी मेलामा आफ्नो ब्लेजरमा धेरै घडीहरू लगाएको एक आगन्तुक

नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया