बिएल संवाददाता
संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए। घाइतेलाई अस्पताल पुर्याइएको छ।
घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहार बारे अनुसन्धान जारी छ।
गैर-नाफामुखी अनुसन्धान समूह 'गन भाइलेन्स आर्काइभ' ले जनाए अनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा ६३४ जना सामूहिक गोली आक्रमणको शिकार बनेका छन्।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया