बिएल संवाददाता
चिलीको मध्य भाल्पाराइसो क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएपछि शुक्रबार उक्त क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ।
चिलीका त्यहाँका अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध गराउन ‘विपत्तिका कारण आपतकालीन अवस्था घोषणा’ गर्ने घोषणा गरेका छन्।
डढेलो भिना डेल मार र भाल्पाराइसो पर्यटकीय क्षेत्रमा लागेको छ।
चिलीको राष्ट्रिय वन प्राधिकरण कोनाफका अनुसार भाल्पाराइसोमा मात्रै करिब ४८० हेक्टर जमिन डढेलोले जलाइसकेको छ।
एल निनो मौसमी घटनाका कारण दक्षिण अमेरिकाको दक्षिणी भागलाई प्रभावित गर्ने ग्रीष्मकालीन गर्मी र खडेरीका कारण डढेलो लागेको हो। वैज्ञानिकहरूले तीव्र गर्मी र डढेलोजस्ता प्राकृतिक प्रकोपहरूको जोखिम बढेको भन्दै सावधानीका लागि जानकारी गराएका छन्।
चिली र कोलम्बियाले बढ्दो तापक्रमसँग जुधिरहँदा आगामी दिनमा अर्जेन्टिना, पाराग्वे र ब्राजिलमा पनि गर्मी बढ्ने बताएका छन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया