बिएल संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आठ करोड ३३ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ। सन् १९८८ मा न्युयोर्कको एक स्टोरमा लेखिका इ. जीन क्यारोललाई बलात्कार गरेको अभियोग अस्विकार गर्दै झुट बोलेर उनको मानमर्दन गरेको ठहर गर्दै ट्रम्पलाई यो जरिवाना तोकिएको हो ।
आज न्युयोर्कको म्यानहट्टनस्थित अदालतमा न्यायाधीश लेविस कप्लानले नौसदस्यीय जुरीको यो निर्णय सुनाएका हुन्। निर्णय सुनाइएको बेला अदालतको इजलाश कक्षमै रहेकी लेखिका क्यारोलले संसारभरकै बुल्लीहरूका लागि यो ठूलो पाठ भएको बताइन्। उनले महिलाको अस्मितामाथि खेलवाड गर्नेका लागि यस्तै हुनुपरेने र भएको पनि बताइन् ।
तर, डोनल्ड ट्रम्पले भनेको फैसला आफ्नो र रिपब्लिन पार्टीबिरूद्ध चलाइएको राजनीतिक प्रतिशोध भएको बताउँदै न्यायालयको फैसला हाँस्यास्पद भएको बताए। अदालतको निर्णय अस्विकार गर्ने बताउँदै उनले तत्कालै निर्णयविरूद्ध उच्च अदालतमा पुनरावेदन गर्ने पनि बताए ।
रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति उम्मेद्वारको अग्रिम पंक्तिमा रहेका ट्रम्पका लागि यो ठूलो झड्का भएको छ। यसबाट नैतिक रूपमा त उनीमाथि प्रश्न उठेको छ नै, आर्थिक रूपमा पनि ८ करोड ३३ लाख डलर निक्कै ठूलो पैसा हो ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया