बिएल संवाददाता
अमेरिकाले संयुक्त अभियानमा गुयानामा सैन्य उडानहरू गर्ने बिहीबार बताएको छ।
दक्षिण अमेरिकी मुलुक गुयानाले विवादित तेल–समृद्ध क्षेत्रलाई लिएर छिमेकी मुलुक भेनेजुएलासँग बढ्दो तनावको सामना गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो।
'गुयाना डिफेन्स फोर्ससँगको सहकार्यमा अमेरिकी दक्षिणी कमान्डले डिसेम्बर ७ मा गुयानाभित्र सैन्य उडान सञ्चालन गर्नेछ', गुयानामा अमेरिकी दूतावासले एक विज्ञप्तिमा भनेको छ, 'उडानहरू दुवै मुलुकबीचको सुरक्षा साझेदारीलाई बढाउनका लागि ‘नियमित संलग्नता’ को एउटा भाग हा।'
हालै तेल–समृद्ध एस्सेक्विबो क्षेत्रमा सीमा विवाद बढेको छ। उक्त क्षेत्रमाथि एक शताब्दीभन्दा बढी समयदेखि गुयानाको नियन्त्रणमा छ तर भेनेजुएलाले पनि उक्त क्षेत्रमाथि दावी गर्दै सो क्षेत्र कब्जा गर्ने मनसाय व्यक्त गरेको छ। गुयानाको करिब दुई तिहाइ हिस्सा समेटिएको एस्सेक्विबोमा लामो समयदेखि चलिरहेको विवाद एक्सनमोबिलले त्यहाँ तेल पत्ता लगाएपछि चर्किएको छ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले एस्सेक्विबोको भाग्यमाथि आइतबार भएको जनमत सङ्ग्रहमा व्यापक समर्थन पाएपछि हालका दिनमा दबाब बढाएका छन्। एस्सेक्विबोमा गुयानाका ८० हजार नागरिकसहित एक लाख २५ हजार जनसङ्ख्या रहेको छ।
यस क्षेत्रको सिमाना कहाँ हुनुपर्छ भन्ने विषयमा हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) मा मुद्दा चलिरहेको छ।
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया