बिएल संवाददाता
अमेरिकामा डोनल्ड ट्रम्पले जीतको खाता खोलेको प्रक्षेपण गरिएको छ। सोमबार सम्पन्न आइवा रिपब्लिकन ककसको मतगणना सुरू गरेलगत्तै अग्रतालाई हेरेर मिडियाहरूले उनको विजय प्रक्षेपण गरेका हुन् ।
यो समाचार तयार पारिरहेको बेला ५ प्रतिशत मात्र मतगणना भएको छ। ट्रम्प ४९.७% मत पाएका छन् भने दोस्रो स्थानमा रहेका रन डिसान्तिसले २२.१% र तेस्रे स्थानमा रहेकी निकी हेलीले २०.८% मत प्राप्त गरेका छन्। विवेक रामास्वामी ६.९% मतका साथ चौथो स्थानमा रहेका छन् ।
९९ काउन्टी रहेको आइवाका सहरी क्षेत्रका काउन्टीको मतगणना भैरहेको छ। दोस्रो स्थानका लागि तीब्र प्रतिस्पर्धामा रहेका डीसान्तिस र हेली दुबैले आफू दोस्रो हुने दावी गरिरहेका छन्।
४० डेलिगेट्स रहेको आइवामा अहिलेको स्थितिमा ट्रम्पले १६ डेलिगेट पाउँछन् भने डिसान्तिस र हेलीले ४-४ डेलिगेट्स पाउँछन् । बाँकि तीन उम्मेद्वारले भने कुनै डेलिगेट्स प्राप्त गर्न सक्दैनन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया