बिएल संवाददाता
अमेरिकामा डोनल्ड ट्रम्पले जीतको खाता खोलेको प्रक्षेपण गरिएको छ। सोमबार सम्पन्न आइवा रिपब्लिकन ककसको मतगणना सुरू गरेलगत्तै अग्रतालाई हेरेर मिडियाहरूले उनको विजय प्रक्षेपण गरेका हुन् ।
यो समाचार तयार पारिरहेको बेला ५ प्रतिशत मात्र मतगणना भएको छ। ट्रम्प ४९.७% मत पाएका छन् भने दोस्रो स्थानमा रहेका रन डिसान्तिसले २२.१% र तेस्रे स्थानमा रहेकी निकी हेलीले २०.८% मत प्राप्त गरेका छन्। विवेक रामास्वामी ६.९% मतका साथ चौथो स्थानमा रहेका छन् ।
९९ काउन्टी रहेको आइवाका सहरी क्षेत्रका काउन्टीको मतगणना भैरहेको छ। दोस्रो स्थानका लागि तीब्र प्रतिस्पर्धामा रहेका डीसान्तिस र हेली दुबैले आफू दोस्रो हुने दावी गरिरहेका छन्।
४० डेलिगेट्स रहेको आइवामा अहिलेको स्थितिमा ट्रम्पले १६ डेलिगेट पाउँछन् भने डिसान्तिस र हेलीले ४-४ डेलिगेट्स पाउँछन् । बाँकि तीन उम्मेद्वारले भने कुनै डेलिगेट्स प्राप्त गर्न सक्दैनन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया