बिएल संवाददाता
न्युयोर्कको अदालतले ‘हस मनी’ मुद्दामा दाेषी ठहरिएका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बिनासर्त छाडेकाे छ।
शुक्रबार गरिएकाे फैसलामा उनलाई जेल सजाय, जरिवाना वा कुनै सर्त पनि राखिएको छैन।
सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो। आफूहरूबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पूर्व पोर्नस्टारलाई पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको खुलेकाे थियाे।
बीबीसीका अनुसार ट्रम्पले आदेश रोक्न अपिलसमेत गरेका थिए। तर, अदालतले अपिल खारेज गरिदिएकाे थियाे।
पूर्वपोर्नस्टारलाई चुप लगाउन ट्रम्पले १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप लागेको थियो। साे कसुरमा उनी दोषी ठहरिइसकेका छन्।
न्यूयोर्कमा हस मनी अवैध नभए पनि ड्यानियललाई दिएको पैसा उनको रेकर्डमा व्यापार खर्चको रूपमा घोषित गरिएको पाइएको थियो। उनले पूर्वपोर्नस्टारलाई रकम दिएकाे तथ्य लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखमा अनियमितता गरेका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया