बिएल संवाददाता
न्युयोर्कको अदालतले ‘हस मनी’ मुद्दामा दाेषी ठहरिएका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बिनासर्त छाडेकाे छ।
शुक्रबार गरिएकाे फैसलामा उनलाई जेल सजाय, जरिवाना वा कुनै सर्त पनि राखिएको छैन।
सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो। आफूहरूबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पूर्व पोर्नस्टारलाई पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको खुलेकाे थियाे।
बीबीसीका अनुसार ट्रम्पले आदेश रोक्न अपिलसमेत गरेका थिए। तर, अदालतले अपिल खारेज गरिदिएकाे थियाे।
पूर्वपोर्नस्टारलाई चुप लगाउन ट्रम्पले १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप लागेको थियो। साे कसुरमा उनी दोषी ठहरिइसकेका छन्।
न्यूयोर्कमा हस मनी अवैध नभए पनि ड्यानियललाई दिएको पैसा उनको रेकर्डमा व्यापार खर्चको रूपमा घोषित गरिएको पाइएको थियो। उनले पूर्वपोर्नस्टारलाई रकम दिएकाे तथ्य लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखमा अनियमितता गरेका थिए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया