बिएल संवाददाता
अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा शुक्रबार निर्णय सुनाउने तयारी गरेकाे छ।
सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो। आफूहरूबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पूर्व पोर्नस्टारलाई पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको खुलेकाे थियाे। साेही मुद्दामा ट्रम्पविरुद्ध आज न्यूयोर्क अदालतले निर्णय सुनाउन लागेको हो।
अदालतले ट्रम्पलाई जेलमा पठाउने/नपठाउने वा जरिवाना तोक्ने वा निःसर्त छोड्नेबारे निर्णय गर्नेछ। सजाय ताेकिएमा पनि उनलाई अदालतको फैसलामा पुनरावेदन गर्ने विकल्प भने बाँकी रहने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
बीबीसीका अनुसार ट्रम्पले आदेश रोक्न गरेको अपिल अदालतले खारेज गरिदिएको छ। ट्रम्पले भने अदालतको तयारीलाई अवैध राजनीतिक हमला र बदनियतपूर्ण भन्दै आलोचना गरेका छन्।
पूर्वपोर्नस्टारलाई चुप लगाउन ट्रम्पले १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप लागेको थियो। साे कसुरमा उनी दोषी ठहरिइसकेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया