बिएल संवाददाता
अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा शुक्रबार निर्णय सुनाउने तयारी गरेकाे छ।
सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो। आफूहरूबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पूर्व पोर्नस्टारलाई पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको खुलेकाे थियाे। साेही मुद्दामा ट्रम्पविरुद्ध आज न्यूयोर्क अदालतले निर्णय सुनाउन लागेको हो।
अदालतले ट्रम्पलाई जेलमा पठाउने/नपठाउने वा जरिवाना तोक्ने वा निःसर्त छोड्नेबारे निर्णय गर्नेछ। सजाय ताेकिएमा पनि उनलाई अदालतको फैसलामा पुनरावेदन गर्ने विकल्प भने बाँकी रहने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
बीबीसीका अनुसार ट्रम्पले आदेश रोक्न गरेको अपिल अदालतले खारेज गरिदिएको छ। ट्रम्पले भने अदालतको तयारीलाई अवैध राजनीतिक हमला र बदनियतपूर्ण भन्दै आलोचना गरेका छन्।
पूर्वपोर्नस्टारलाई चुप लगाउन ट्रम्पले १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप लागेको थियो। साे कसुरमा उनी दोषी ठहरिइसकेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया